स्कोपिैयो एक्स बनेर आधुनिक फिचरका साथ आउँदै स्कोर्पियोको नयाँ भर्सन

महिन्द्राले ‘स्कोर्पियो एक्स’ ट्रेडमार्क नेम दर्ता गरेको छ । यसका आधारमा महिन्द्राले आगामी दिनमा बजारमा ल्याउने स्कोर्पियोको नयाँ मोडल स्कोर्पियो एक्स हुने अनुमान गरिएको छ ।

महिन्द्राले गत वर्ष ग्लोबल पिकअप कन्सेप्ट सोकेश गरेको थियो । त्यसैगरी भविष्यमा स्कोर्पियो लाइनअपमा यसका धेरै मोडल उपलब्ध हुने बताइसकेको छ । यसका आधारमा अब महिन्द्राले आगामी दिनमा स्कोर्पियो एक्स बजारमा ल्याउने अनुमान गरिएको छ ।

गत वर्ष महिन्द्राले दक्षिण अफ्रिकामा स्कोर्पियो कन्सेप्ट सार्वजनिक गरेको थियो । आन्तरिक रुपमा यसलाई जेड१२१ नाम दिइएको थियो । स्कोर्पियो एक्स सन् २०२५ मा बजारमा आउने र यो महिन्द्राको नेक्स्ट जेनेरेसन ल्याडर फ्रेम प्ल्याटफर्ममा आधाारित हुनेछ । यो ग्लोबल एनक्याप र युरो एनक्यापमा राम्रो पर्फमेन्स गर्ने तरिकाले डिजाइन गरिने छ ।

सो गाडीमा लेवल २ अटोनोमस ड्राइभिङ, सेमी–अटोमेटिक पार्किङ र फाइभजीमा आधारित कनेक्टिभिटी फिचर हुनेछ । त्यसैगरी यसमा सनरुफ समेत हुनेछ ।

एम–हक डिजेल इन्जिनमा उपलब्ध हुने स्कोर्पियो एनमा फोर ह्विल ड्राइभ लगायतका विभिन्न फिचर हुनेछन् । त्यसैगरी यसलाई नर्मल, ग्रास–ग्राभेल–स्नो, मड–रट र स्यान्ड गरी चार मोडमा चलाउन सकिने छ ।

सम्बन्धित समाचारहरू

आज लन्च हुँदै प्यानोरामिक सनरुफसहित महिन्द्राको ३एक्सओ

आज लन्च हुँदै प्यानोरामिक सनरुफसहित महिन्द्राको ३एक्सओ

महिन्द्रा एण्ड महिन्द्राले भारतमा सब–४ मिटर एसयूभी सेगमेन्टमा एसयूभी...

महिन्द्राका गाडी किन्ने विचार छ ? बोलेरो, स्कर्पियो मोडल तथा अन्य एसयूभी र ईभीको यस्तो छ मूल्य सूची

महिन्द्राका गाडी किन्ने विचार छ ? बोलेरो, स्कर्पियो मोडल तथा अन्य एसयूभी र ईभीको यस्तो छ मूल्य सूची

काठमाडौं – नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरकको रुपमा अग्नि...

फ्ल्यागसिप मोडल अल्टुरस जी४ को उत्पादन वन्द गर्दै महिन्द्रा

फ्ल्यागसिप मोडल अल्टुरस जी४ को उत्पादन वन्द गर्दै महिन्द्रा

महिन्द्राले आफ्नो फ्ल्यागसिप मोडल अल्टुरस जी४ को उत्पादन वन्द गर्ने भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...