स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
हिजो राती धोविघाटमा भएको आगालागीमा सत्यदिपको मुख्य गोदाम जलेर नष्ट भएको छ । गोदाम नजिकै रहेको फर्निचरमा मध्यराती आगालागी भएको थियो । उक्त फर्निचरको आगो नियन्त्रण बाहिर जाँदा नजिकै रहेको स्पेयर पार्ट्स र लुब्रिकेन्ट्स गोदाम जलेर नष्ट भएको हो ।
आगालागीबाट करोडौँ मूल्य वरावरको सामान नष्ट भएको कम्पनीका प्रवन्ध निर्देशक दिपेन्द्र मिश्रले बताए । अहिले इन्सुरेन्स प्रतिनिधीको रोहवरमा क्षतिको विवरण संकलन भैरहेको र उक्त विवरण संकलन भएपछि मात्र वास्तविक क्षतिवारे केही भन्न सकिने उनको भनाई छ ।
स्पेयर पार्टस् व्यवसायमा स्थापित सत्यदिप इन्टरनेश्नलले आफ्नो कर्पोरेट अफिस अफिस नजिकै गोदाम समेत संचालन गर्दै आइरहेको छ । सो स्थानमा कम्पनीको अन्य धेरै गोदाम रहे पनि आगालागीबाट मूख्य गोदाममा असर परेको हो । सो गोदाममा दिव्योल लुब्रिकेन्ट्स सहित अन्य विभिन्न ब्रान्डका स्पेयर पार्ट्सहरुको स्टक रहेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...