सत्यदीप इन्टरनेश्नललाई अटोमोटिभ अफ्टर मार्केटमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित कम्पनी सत्यदीप इन्टरनेश्नलले विश्वव्यापी ख्यातिप्राप्त संस्था टेमोट इन्टरनेश्नल अटोपार्ट्स जीएमबीएच(TEMOT International Autoparts GmbH)को एसोसिएट सदस्यता प्राप्त गरेको छ ।

यो उपलब्धिलाई नेपाली अटोमोटिभ अफ्टरमार्केटमा अन्तर्राष्ट्रिय मान्यताको प्रतीकका रूपमा लिइएको छ । नेपालबाट पहिलोपटक सत्यदीपले यो सफलता प्राप्त गरेको हो ।

टेमोट इन्टरनेश्नल अटोपार्ट्स जीएमबीएच सन् १९९४ मा पाँच युरोपेली कम्पनीहरूको सहकार्यबाट स्थापना भएको हो । हाल यसको मुख्यालय डसेलडोर्फ, जर्मनीमा अवस्थित छ । यो संस्था विश्वका १०६ भन्दा बढी मुलुकमा फैलिएको छ । जहाँ ११४ वेयरहाउस डिस्ट्रिब्युटर्स संस्थापक सदस्यका रूपमा आवद्ध छन् ।

सत्यदीप इन्टरनेसनलको यो सदस्यता टेमोटको अफ्टर मार्केट डिष्टिव्युटर्स नेटवर्कमा प्रवेश हो । जसले अटो पाट्र्रसको आपूर्ति, सर्भिस, मर्मत तथा ग्राहक सेवामा अन्तर्राष्ट्रिय स्तरको मापदण्ड कायम गर्न मद्दत पु¥याउनेछ । यस नेटवर्कको हिस्सा हुनु नेपालकै अटो उद्योगको विश्वसनीयता र क्षमताको प्रमाण रहेको सत्यदीपका प्रवन्ध निर्देशक दिपेन्द्र मिश्र बताउँछन् ।

‘यो उपलब्धिलाई कम्पनीको दूरदृष्टि, गुणस्तरप्रतिको प्रतिबद्धता र ग्राहकप्रतिको समर्पणको फल मानेका छौं,’ उनले भने, ‘हाम्रो टोली, साझेदार र ग्राहकहरूको निरन्तर सहयोगले आजको यो सफलताको ढोका खोलिदिएको हो । अब हामी अझै व्यापक अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति बलियो बनाउँदै लैजानेछौं ।’

सत्यदिप इन्टरनेश्नलले हाल विश्व प्रख्यात वोस कम्पनीका आफ्टर मार्केट स्पेयर पार्ट्स, केज र केमल ब्रान्डका ब्याट्री, हेला लाइटिङ, टाटा स्टिल, जेडएफ स्टेरिङ गियर, सेलर, फेडरल मुगल गोएज इन्डिया, कम्पो, सान्दार, डिआईडी, रेम्सोन, एएक्सटिजी बेरिङ र फेइम लागयत दर्जनौ ब्रान्डका स्पेयर पार्ट्स आयात गरी बिक्री गर्दै आएको छ ।

देशभर १००० भन्दा बढि डिलर तथा रिटेलर नेटवर्क भएको सत्यदिप ग्रुपले स्वदशेमै नेपाल गोल्ड, दिव्योल र भिडोल ब्रान्डका लुब्रिकेन्ट्स समेत उत्पादन गरि बिक्रीवितरण गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

काठमाडौं महोत्सवको ‘फायर सेफ्टी सर्पोटर’मा हिट्को

काठमाडौं महोत्सवको ‘फायर सेफ्टी सर्पोटर’मा हिट्को

काठमाडौं – आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको...

मकिनोले ल्यायो वान वे क्लच लगायतका विभिन्न मोडल

मकिनोले ल्यायो वान वे क्लच लगायतका विभिन्न मोडल

मकिनो अटोमोटिभले वान वे क्लच लगायतका विभिन्न नयाँ मोडलका क्लच बजारमा...

भन्सार छलेर आउने स्पेयर पार्ट्सको हिस्सा ४० प्रतिशत भन्दा बढी छ

भन्सार छलेर आउने स्पेयर पार्ट्सको हिस्सा ४० प्रतिशत भन्दा बढी छ

टु–ह्विलर स्पेयर पार्ट्सको कारोबारमा स्थापित नाम हो श्री अम्बा ग्रुप । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...