घरमै पीसीआर टेस्ट गर्नका लागि साथी एप

काठमाडाैं - राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसिआर परीक्षण गर्न सकिने विशेष सेवा शुरु गरेको छ ।

विगत लामो समयदेखि राइड सेयरिङ्ग सुविधा दिँदै आएको साथी राइडले यस कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौं, सुरक्षित रहौं’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरु (ल्याब) सँग सहकार्य गरी कस्टमरलाई सहज तथा सुरक्षाको लागि घरमै पिसिआर स्वाब संकलन गर्न मद्दत गर्दैछ।

यस अघि कम्पनीले यात्रीहरुलाई राइड बुकिङ, रेन्टल कार सर्भिस र फुड डेलिभरी सर्भिस दिँदै आएको थियो।

कम्पनीका बजार व्यवस्थापन प्रमुख इन्जोल श्रेष्ठले भने- ‘हाल उपत्यकामा मात्रै यो सेवा सुरु भएता पनि आउँदो दिनमा हामी यस सुविधालाई विस्तार गर्दै नेपालका विभिन्न जिल्लाहरुमा पनि यो सेवा उपलब्ध गराउने छौ। हामीले अहिले एम्बुलेन्स नपाएर कोरोना तथा अन्य रोगका कारण मृत्यु भएको खबरहरु धेरै नै सुनिरहेका छौ। यही कुरालाई मध्यनजर गर्दै हामीले विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी इमरजेन्सी कार सर्भिस साथै हेलि एम्बुलेन्सको सुविधा पनि सञ्चालन गर्ने तयारीमा छौ।’

हाल घरमै पिसिआर परीक्षण गराउने यो सेवा काठमाडौंमा शुरु भईसकेको छ भने आगामी दिनमा देशका अन्य शहरहरुमा पनि उपलब्ध गराउने योजना लिईएको छ ।

यो सेवा लिनका लागि सेवाग्राहीहरुले साथी एप डाउनलोड गरेर त्यसमा आफ्नो नाम ठेगानासहितको जानकारीहरु राखेर रजिस्टर गर्नुपर्ने हुन्छ । र सो एप मार्फत सिधै सेवा लिन सकिन्छ ।

साथी एप अहिले गुगल प्ले स्टोरमा मात्र उपलब्ध छ भने आगामी दिनमा आईओएसमा पनि ल्याउने तयारी गरिएको छ। यसबारे थप बुझ्न ९८०१८६५५४२ मा सम्पर्क गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई क्रेटा : नेपाली सडकका लागि उपयुक्त इलेक्ट्रिक एसयूभी

हुन्डाई क्रेटा : नेपाली सडकका लागि उपयुक्त इलेक्ट्रिक एसयूभी

नेपाली ग्राहकको समेत इलेक्ट्रिक सवारीप्रतिको रुचि बढ्दै गएको छ । पछिल्लो...

तीन स्किममा किन्न सकिन्छ टीभीएस आईक्युब ? फाइदा के ? यस्तो छ आईक्युब हेड आचार्यको विश्लेषण

तीन स्किममा किन्न सकिन्छ टीभीएस आईक्युब ? फाइदा के ? यस्तो छ आईक्युब हेड आचार्यको विश्लेषण

बजारमा नयाँ नयाँ ईभी आइरहेका छन् । यो अवस्थामा यसमा प्रयोग हुने ब्याट्री...

भारत प्रवेश गर्ने योजनामा लिप मोटर, नेपालमा टी–०३ छिट्टै लन्च हुने

भारत प्रवेश गर्ने योजनामा लिप मोटर, नेपालमा टी–०३ छिट्टै लन्च हुने

चिनियाँ ईभी निर्माता लिप मोटरले भारत प्रवेश गर्ने योजना बनाएको छ । मिडिया...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...