बाढीले गाडी बगाएका व्यवसायीलाई सरकारको राहतः नयाँ सवारी आयातमा पूर्ण भन्सार छुट र सस्तो ऋण
काठमाडौँ – सरकारले भोटेकोशी नदीको बाढीबाट प्रभावित व्यवसायीहरूका लागि...
पोखरा - यातायात व्यवसायीहरूको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा सम्पन्न महासंघको सातौं महाधिवेशनबाट उनी फराकिलो मतान्तरसहित अध्यक्ष निर्वाचित भएका हुन् ।
सिटौलाले १ हजार ३० मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी हरिशरण केसीको पक्षमा ४ सय ६४ मत खसेको छ।
महासंघको वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, ऐन कुमार साई र केदार प्रसाद पौडेल विजयी भएका छन् ।
सम्पूर्ण मतदाता प्रति आभार व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष सिटौलाले यातायात क्षेत्रको सुधार तथा व्यावसायिक हितमा काम गर्ने प्रतिबद्धता गरेका छन् ।
उपाध्यक्षहरूमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी भएका छन्।
सात उपाध्यक्ष पदका लागि १३ जना प्रतिस्पर्धामा उत्रिएका थिए।
महासंघको मालवाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ र महासचिवमा डेकनाथ गौतम विजयी भए।
त्यसैगरी उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरूषोत्तम सिंखडा विजयी भएका थिए।
सचिवमा उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल निर्वाचित भएका छन्।
कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मत ल्याएर विजयी भए। सहकोषाध्यक्षमा शोभाखर पौडेल विजयी भए। महाधिवेशनबाट कूल ७८ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...