प्युजो र सिट्रोन गाडी किन्नका लागि नबिल बैंकले कर्जा दिने

काठमाडौं – प्युजो र सिट्रोन गाडीको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडी किन्नका लागि नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रिला मोटर्स बीच भएको सम्झौँता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरु खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट प्रबन्धक सचिन अमात्य र सांग्रिला मोटर्स प्रालिको तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौँतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरु खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।

समझौता अनुसार सो योजना अन्तर्गत नबिल बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ।

अहिले नबिल बैंकको देशभर रहेका २४८ शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ ।

सांग्रिला मोटर्सका सबै आधिकारिक ब्रिक्रेता र नबिल बैंकका सबै शाखाहरुबाट सो योजना अन्तर्गतको सुविधा नेपाल भरी लागु हुने बताइएको छ।

सम्बन्धित समाचारहरू

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् सवारीसाधन लगायत यस्ता जानकारी

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् सवारीसाधन लगायत यस्ता जानकारी

काठमाडाैं – एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको...

ग्लोबल आईएमई बैंकको अफर : ८.१९ र ८.४९ प्रतिशत ब्याजदरमा सवारी कर्जा

ग्लोबल आईएमई बैंकको अफर : ८.१९ र ८.४९ प्रतिशत ब्याजदरमा सवारी कर्जा

काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले यस वर्षको चाडपर्वको मौसमलाई लक्षित...

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीसम्बन्धी सम्झौता

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीसम्बन्धी सम्झौता

प्रभु बैंक लिमिटेड र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...