लाइसेन्स परीक्षा दिदै हुनुहुन्छ ? यस्ता हुन सक्छन् लिखित परीक्षामा सोधिने सम्भावित २० प्रश्न

अब केही दिनभित्रै सवारी चालक अनुमति पत्रका लागि आवेदन खुला हुँदैछ । लाइसेन्सको परीक्षामा धेरैजसो मानिसहरु लिखित परीक्षाबाटै बाहिरिन्छन् । तिनै परीक्षार्थीलाई लक्षित गरी सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा सोधिने सम्भावित प्रश्नलाई यहाँ प्रस्तूत गरिएको छ ।

१. सवारी चालक अनुमतिपत्रमा लेखिएको म्याद नाघेको कति समयभित्र नवीकरण गराएमा जरिवाना नलाग्ने व्यवस्था छ ?
उत्तर : ९० दिनभित्र

२. रातको समयमा दुर्घटना हुनुको मुख्य कारण के हो ?
उत्तर : भिजिबिलिटी कम हुनाले

३. सडकमा गलत साइडबाट सवारी चलाएमा कति जरिवाना लाग्दछ ?
उत्तर : रु. ५०० देखि रु.१५०० सम्म

४. सवारीको नामसारी गर्दा सवारी साधनको चेक जाँच कसले गर्छ ?
उत्तर : यातायात कार्यालयको प्राविधिकले

५. सवारी तथा यातायात व्यवस्था ऐन अनुसार यातायात व्यवस्था समितिमा कति जना सदस्य रहने व्यवस्था गरिएको छ ?
उत्तर : ५ जना

६. मोटरसाइकलको ह्यान्डब्रेक कुन चक्कामा लाग्दछ ?
उत्तर : अगाडिको

७. सवारी चालक अनुमतिपत्रको प्रतिलिपि लिनका लागि कसको सिफारिस अनिवार्य रुपमा पेस गर्नुपर्छ ?
उत्तर : ट्राफिक प्रहरी कार्यालयको

८. निजी सवारीको नम्बर प्लेट कस्तो रंगको हुन्छ ?
उत्तर : रातो रंगको

९. सवारी साधन दायाँ मोड्दा के गर्नुपर्ला ?
उत्तर : दायाँ साइडलाइट दिई मोड्ने

१०. फ्युल मिटरले के देखाउँछ ?
उत्तर : इन्धनको मात्रा

११. विदेशमा दर्ता भएको सवारी नेपालभित्र चलाउनुपरेमा कसबाट स्वीकृति लिनुपर्छ ?
उत्तर : यातायात व्यवस्था कार्यालय प्रमुख

१२. तीव्र गतिमा सवारी चलाएमा के हुन्छ ?
उत्तर : सवारी दुर्घटना हुने सम्भावना हुन्छ

१३. सार्वजनिक सवारीलाई सडकमा चल्ने अनुमतिपत्र दिनुअघि दिइने जाँचपासको प्रमाणपत्र जारी कसले गर्दछ ?
उत्तर : यातायात व्यवस्था कार्यालय

१४. सवारीका लागि निर्धारित गति फेरबदल गर्न सक्ने अधिकार कसको हुन्छ ?
उत्तर : यातायात व्यवस्था विभाग

१५. गाडीको ह्याण्ड ब्रेक कुन चक्कामा लाग्दछ ?
उत्तर : चारै चक्कामा

१६. ट्रलीबस के को सहायताले चल्छ ?
उत्तर : बिजुलीको

१७. टु टी आयलको प्रयोग कुन इन्जिनको गाडीमा हुन्छ ?
उत्तर : टु–स्ट्रोक इन्जिनमा

१८. सवारी साधनको ब्रेकमा कुन आयल हालिन्छ ?
उत्तर : ब्रेक आयल

१९. सवारी चालक अनुमतिपत्रको परीक्षा मर्यादित बनाउने कर्तव्य कसको हो ?
उत्तर : ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, परीक्षार्थी

२०. स्पीडोमिटरले सवारीको के देखाउँछ ?
उत्तर : सवारीको गति

स्रोत : माधवप्रसाद अधिकारीको मोटरसाइकल, स्कुटर प्रशिक्षण विधि पुस्तकबाट साभार

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...