धेरै नेपालीको रोजाइमा किन १०० किलोवाट सम्मका ईभी ?

नेपाली बजारमा पछिल्लो समयमा सामान्यतः १०० किलोवाट भन्दा कम मोटर क्षमताका ईभीले राम्रो बजार लिएका छन् । यसमा पनि अलि कम मूल्यमा थोरै रेन्ज दिने ईभीको रुपमा ५० किलोवाट भन्दा कम क्षमताका ईभीको बजार राम्रो छ भने सामान्यतः दैनिक प्रयोजनका लागि १०० किलोवाट भन्दा कम अर्थात ९९ किलोवाट क्षमताका ईभीले राम्रो बजार लिएको देखिन्छ ।

भन्सार विभागले पछिल्लो समयमा प्रकाशित गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को चैत महिनासम्म ५० किलोवाट सम्मका २,५०६ ईभी, ५१ देखि १०० किलोवाट सम्मका ४,०८३ र १०१ देखि २०० किलोवाट सम्मका ५७४ ईभी भित्रिएका छन् । यो अवधिमा २०१ किलोवाट भन्दा माथिका ८ युनिट ईभी भित्रिएका छन् । यस अनुसार चालु आर्थिक वर्षको ९ महिना सम्म समग्रमा ७,१७१ ईभी भित्रिएका छन् ।

तथ्यांक अनुसार यो अवधिमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाट सम्मका ईभी चीनबाट २ हजार ९२६, भारतबाट ७१६ र थाइल्यान्डबाट ४४० युनिट भित्रिएका छन् ।

२०७९ सालमा सरकारले मोटर क्षमताका आधारमा १०० किलोवाट सम्मका ईभी भित्रिदा लाग्ने भन्सार कर १० प्रतिशत मात्र निर्धारण गरे पश्चात यो क्षमताका ईभी धेरै भित्रिने लहर चलेको हो । यति मात्र होइन, पहिले १०० किलोवाट भन्दा बढी क्षमतामा उपलब्ध ईभी समेत विशेष गरी नेपाली बजारकै लागि भनेर ९९ किलोवाट क्षमतामा उपलब्ध हुन थाले । यसले गर्दा समेत आयातकर्ता कम्पनी र नेपाली ग्राहकको रोजाइमा यस्ता सवारी साधन पर्न थाले ।

यसै अनुसार नेपाली बजारमा हाल बीवाईडी, हुन्डाई, एमजी लगायतका धेरै कम्पनीका कार यही क्षमतामा उपलब्ध छन् । यद्यपि कतिपय अवस्थामा अन्तर्राष्ट्रिय बजारमा धेरै क्षमतामा उपलब्ध भए पनि नेपालमा भने कम क्षमताका ईभी उपलब्ध भएको र यसमा कर छली भएको चर्चा समेत चल्ने गरेको छ ।

तर आयातकर्ता कम्पनीहरु भने यसमा फरक तर्क गर्छन् । उनीहरुको भनाइ अनुसार अन्तर्राष्ट्रिय बजार अनुसार फरक फरक क्षमतामा उही ब्रान्डको ईभी उपलब्ध हुने गरेको छ । सिंगापुर, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, नेपाल वा अन्य कुनै पनि देशमा उपलब्ध हुने सवारी साधनको क्षमता सबैमा उही नहुन सक्छ । देशको सडक, भौगोलिक अवस्था, ग्राहकको चाहना जस्ता विविध पक्षले यसमा भूमिका खेल्न सक्छ ।

यो तथ्य अन्य पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा पनि लागु हुन्छ । टोयोटा, होन्डा लगायत ब्रान्डका सवारी साधनको विभिन्न क्षमतामा पनि केही फरक हुन सक्छ । यो तथ्य ईभीमा समेत लागु हुने गरेको छ । कारमा मात्र नभएर बाइकमा समेत यो फरकपना देखिने गरेको छ ।

अन्य देशमा निकासी हुने सवारीको पिक पावर फरक परेको आधारमा नेपालमा आयात हुने गाडीमा समेत सोही पिक पावर रहेको भनी निष्कर्ष निकाल्न मिल्दैन । नेपालमा आयात हुने गाडीको पिक पावर परीक्षणका लागि यहीँ आयात हुने गाडीको मोटर परीक्षण गर्नुपर्ने हुन्छ । तसर्थ, उत्पादकको वेबपेजमा रहेका असान्दर्भिक क्याटलग वा अन्य मुलुकमा निकासी भएका फरक क्षमताका सवारीको सूचनालाई आधार मानेर यस सम्बन्धी धारणा बनाउनु गलत हुन सक्छ । चीनमा राइट ह्यान्ड ड्राइभ सवारीसाधन बिक्री–वितरण हुने गर्छ । तर नेपालमा आयात हुने सवारी साधन लेफ्ट ह्यान्ड ड्राइभको हुन्छ । तसर्थ चिनियाँ सवारी साधन उत्पादकको वेबपेजमा दिइएको सूचनालाई आधार मानेर कर निर्धारण गर्नु उचित नहुन सक्छ ।

यद्यपि नेपालमा हाल सम्म स्वतन्त्र रुपमा मोटर पावर र अन्य क्षमता परीक्षण गर्ने विश्वसनिय प्रविधि भने उपलब्ध नभएको सरकारी निकायले नै स्वीकार गरेको अवस्था छ । सवारी साधनको पिक पावर अर्थात किलोवाट सम्बन्धी तथ्यांक उत्पादक कम्पनीले प्राविधिक परीक्षण गरी जारी गरेको ‘कन्फर्मिटी अफ प्रोडक्सन’ मा स्पष्ट रुपमा उल्लेख गरिएको कम्पनीहरुको भनाइ छ ।

एक कम्पनीको प्रतिनिधि भन्छन्, ‘कम्पनीले आयात गरेका मोडलका गाडीहरुको पिक पावर चीनको आधिकारिक राष्ट्रिय मान्यता प्राप्त निकाय तथा अन्य स्वतन्त्र एजेन्सीद्वारा प्रमाणित हुन्छ र यसै अनुसारको प्रतिवेदन संलग्न गरिएको हुन्छ ।’ यसैगरी नेपालमा यातायात व्यवस्था विभागले समेत उल्लिखित सवारी साधनको पिक पावर किलोवाट रहेको प्रमाणित गर्दै कार दर्ता अनुमति प्रदान गरेको हुन्छ । हाल नेपालमा पिक पावर जाँच गर्ने कुनै पनि संयन्त्र तथा मेसिन नरहेको पाइएको छ । भारत वा थाइल्यान्डबाट आयात हुने सवारी साधनमा केही नगरी चीनबाट आयात गर्ने सवारी आयातकर्तालाई नियतबस दुःख दिने मनशायले बेरुजु निकाल्नु उपयुक्त नरहेको समेत आयातकर्ता कम्पनीहरुको भनाइ छ ।

यद्यपि यस सम्बन्धी महालेखा परीक्षकको कार्यालय, भन्सार विभाग लगायतका सरकारी निकायले समेत आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

चर्चित बैंकर अनिल शाहले रोजे बीवाईडी अल न्यु ई६ : भन्छन् – नेपालको इन्धन नेपालीको लागि

चर्चित बैंकर अनिल शाहले रोजे बीवाईडी अल न्यु ई६ : भन्छन् – नेपालको इन्धन नेपालीको लागि

काठमाडौं – चर्चित बैंकर अनिल केशरी शाहले बीवाईडीको अल न्यु ई६ इलेक्ट्रिक...

चेतकले ल्यायो आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर, मूल्य कति ?

चेतकले ल्यायो आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर, मूल्य कति ?

बजाजले चेतक इलेक्ट्रिक स्कुटरको लाइनअपमा नयाँ मोडेल थपेको छ । चेतक सी२५०१...

प्रदेश सरकारद्वारा नयाँ ट्याक्सी भाडादर लागू, विद्युतीय ट्याक्सीमा ५० रुपैयाँ फ्लाग डाउन

प्रदेश सरकारद्वारा नयाँ ट्याक्सी भाडादर लागू, विद्युतीय ट्याक्सीमा ५० रुपैयाँ फ्लाग डाउन

काठमाडौं – बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...