बढेन बैंकहरुको निक्षेपको ब्याजदर, गाडी किन्नका लागि अटो लोनको दर पनि उही

काठमाडौं – बैंकहरुले निक्षेप लगायतका बैंकका विभिन्न ब्याजदर बढाएका छैनन् । असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने उनीहरुले निर्णय गरेका छन् ।

कात्तिक महिनाको लागि प्रकाशित नयाँ ब्याजदर सूचना अनुसार बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छैनन्।

हरेक महिना बैठक बसेर ब्याजदरसम्बन्धि निर्णय गर्दै आएका बैंकहरुले, यस महिना भने बैठक नबसी अनौपचारिक रुपमा निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका थिए। सोही अनुसार बैंकहरुले ब्याजदर स्थिर राखेको देखिन्छ। ब्याजदर बढाउदा लागत मात्रै धेरै बढ्ने हुँदा अहिले बैंकरहरुले निक्षेपको ब्याजदर नबढाउने निश्कर्ष निकालेका हुन्।

ब्याजदर घटाउनको लागि अर्थमन्त्रीले गठन गरेको समितिले भने ब्याजदर निर्धारण बजारलाई नै छोड्नुपर्ने सुझाव दिएको छ। समितिले तत्काल ब्याजदर घटाउन कुनै सुझाव नदिएकोले पनि अहिले ब्याजदरलाई यथावत राख्ने निश्कर्षमा बैंकरहरु पुगेका हुन्।

हाल बैंकहरुले सवारी साधन किन्नका लागि दिने अटो लोनमा खासै त्यस्तो धेरै कर्जा प्रवाह भएको छैन । गत बैशाख महिना देखि नै रोकिएको सवारी साधनको आयात प्रतिबन्ध मंसिर मसान्त सम्मका लागि लम्ब्याइएको छ । यसले गर्दा आवश्यकता अनुसारका सवारी साधन पनि पाउन नसकिेन अवस्था छ ।

यद्यपि विद्युतीय सवारी साधनको आयातमा भने प्रतिबन्ध छैन । विद्युतीय सवारी साधनका लागि बैंकहरुले सवारी साधनको मूल्यको ८० प्रतिशत सम्म ऋण लगानी गर्न सक्ने व्यवस्था छ ।

हाल बैंकहरुले लिने ब्याजदर भने महंगो छ । कुनै बेला ७ प्रतिशतको हाराहारी ब्याजरमा पाइने अटो लोन अहिले करिव १५ प्रतिशतको हाराहारीमा मात्र पाइने अवस्था छ ।

सम्बन्धित समाचारहरू

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...

हुलास फिनसर्भको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि

हुलास फिनसर्भको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि

काठमाडौं–प्रतिष्ठित औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक...

अशोक लेल्यान्डका सवारी साधन किन्न एभरेष्ट बैंकले ७ वर्ष अवधिका लागि ऋण दिने

अशोक लेल्यान्डका सवारी साधन किन्न एभरेष्ट बैंकले ७ वर्ष अवधिका लागि ऋण दिने

काठमाडौं – कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...