प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम
आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...
काठमाडौं – बैंकहरुले निक्षेप लगायतका बैंकका विभिन्न ब्याजदर बढाएका छैनन् । असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने उनीहरुले निर्णय गरेका छन् ।
कात्तिक महिनाको लागि प्रकाशित नयाँ ब्याजदर सूचना अनुसार बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छैनन्।
हरेक महिना बैठक बसेर ब्याजदरसम्बन्धि निर्णय गर्दै आएका बैंकहरुले, यस महिना भने बैठक नबसी अनौपचारिक रुपमा निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका थिए। सोही अनुसार बैंकहरुले ब्याजदर स्थिर राखेको देखिन्छ। ब्याजदर बढाउदा लागत मात्रै धेरै बढ्ने हुँदा अहिले बैंकरहरुले निक्षेपको ब्याजदर नबढाउने निश्कर्ष निकालेका हुन्।
ब्याजदर घटाउनको लागि अर्थमन्त्रीले गठन गरेको समितिले भने ब्याजदर निर्धारण बजारलाई नै छोड्नुपर्ने सुझाव दिएको छ। समितिले तत्काल ब्याजदर घटाउन कुनै सुझाव नदिएकोले पनि अहिले ब्याजदरलाई यथावत राख्ने निश्कर्षमा बैंकरहरु पुगेका हुन्।
हाल बैंकहरुले सवारी साधन किन्नका लागि दिने अटो लोनमा खासै त्यस्तो धेरै कर्जा प्रवाह भएको छैन । गत बैशाख महिना देखि नै रोकिएको सवारी साधनको आयात प्रतिबन्ध मंसिर मसान्त सम्मका लागि लम्ब्याइएको छ । यसले गर्दा आवश्यकता अनुसारका सवारी साधन पनि पाउन नसकिेन अवस्था छ ।
यद्यपि विद्युतीय सवारी साधनको आयातमा भने प्रतिबन्ध छैन । विद्युतीय सवारी साधनका लागि बैंकहरुले सवारी साधनको मूल्यको ८० प्रतिशत सम्म ऋण लगानी गर्न सक्ने व्यवस्था छ ।
हाल बैंकहरुले लिने ब्याजदर भने महंगो छ । कुनै बेला ७ प्रतिशतको हाराहारी ब्याजरमा पाइने अटो लोन अहिले करिव १५ प्रतिशतको हाराहारीमा मात्र पाइने अवस्था छ ।
आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...
काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...
काठडमाडौं– राष्ट्रिय बाणिज्य बैंकले ७ वर्षसम्म स्थिन रहने ब्याजदरमा अटो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...