बजेटका कारण ईभीमा असर : एउटै गाडीको मूल्य कहिले ३६ लाख बढी, कहिले १४ लाख कम

हुन्डाई आयोनिक ५ को मूल्यमा एकै पटक १४ लाख रुपैयाँले कमी भए पछि यसको चर्चा चुलिएको छ । सरकारले लागू गरेको करको नयाँ दर अनुसार यसको मूल्य निर्धारण गरिएको हो ।

आयोनिक ५ को मूल्य पहिले १ करोड १६ लाख ९६ हजार रुपैयाँ भएकोमा अब १ करोड २ लाख ९६ हजार रुपैयाँ तोकिएको हो ।

यस्तो थियो शुरुमा नेपाल भित्रिदा मूल्य
हुन्डाई आयोनिक ५ पहिलो पटक नेपाल भित्रिएको पनि धेरै भएको छैन । २०७८ माघ महिना तिर सो इलेक्ट्रिक कार नेपाल भित्रिएको थियो । त्यतिबेला नेपाली बजारमा यो दुई भेरिएन्टमा उपलब्ध भएको थियो । भिजन रुफयुक्त भेरिएन्टको मूल्य ८० लाख ९६ हजार र सोलार सनरुफयुक्त भेरिएन्टको मूल्य ८१ लाख ९६ हजार रुपैयाँ तोकिएको थियो । म्याट कलर किन्न चाहने ग्राहकले ६० हजार अतिरिक्त रकम थप गर्नुपर्ने व्यवस्था थियो ।

अनि एकै पटक बढ्यो ३६ लाख मूल्य
२०७९ को बजेटमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १०० किलोवाट देखि २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाएका थिए । यसको सिधा असर आयोनिक ५ मा प-यो । यस अनुसार हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भिजन रुफयुक्त आयोनिक ५ को मूल्य पहिले ८० लाख ९६ हजार रुपैयाँ तोकेकोमा १ करोड १६ लाख ९६ हजार रुपैयाँ तोेकेको थियो । यसरी सो गाडीमा एकै पटक ३६ लाख रुपैयाँले मूल्य बढेको थियो ।

अबको मूल्य १ करोड २ लाख ९६ हजार
अब समायोजन भएको नयाँ मूल्य सूची अनुसार आयोनिक ५ को मूल्य १ करोड २ लाख ९६ हजार रुपैयाँ निर्धारण भएको हो । हाल नेपाली बजारमा भिजन रुफयुक्त आयोनिक ५ मात्र उपलब्ध छ ।

हालै सार्वजनिक गरिएको नयाँ बजेटले १०० किलोवाट देखि २०० किलोवाट सम्म क्षमताका विद्युतीय गाडीको कर घटाएसँगै हुन्डाईको यो कारको मूल्य पनि घटेको हो ।

१०० किलोवाटदेखि २०० किलोवाटसम्म विद्युतीय मोटर जडित कारमा यसअघि ३० प्रतिशत रहेको भन्सार दरलाई २० प्रतिशत कायम गरिएको छ। त्यस्तै सोही मोटर क्षमता भएको विद्युतीय कारमा ३० प्रतिशत नै रहेको अन्तःशुल्क २० प्रतिशतमा सीमित गरिएको छ।

यस अनुसार यो सेगमेन्टका इलेक्ट्रिक कार आयात गर्दा समग्रमा २० प्रतिशत कम कर तिर्नु पर्नेछ । हुन्डाई आयोनिक ५ मा १२५ किलोवाटको मोटर प्रयोग भएको छ । यस आधारमा यसको मूल्यमा पनि कमी हुने भएको हो ।

सम्बन्धित समाचारहरू

लुसिड एयरको इलेक्ट्रिक कारले सिंगल चार्जमा ८३० किमी रेन्ज प्रदान गर्ने घोषणा

लुसिड एयरको इलेक्ट्रिक कारले सिंगल चार्जमा ८३० किमी रेन्ज प्रदान गर्ने घोषणा

अमेरिकी इलेक्ट्रिक कार कम्पनी लुसिडले पहिलो लक्जरी इलेक्ट्रिक सेडान कार...

नेपाल भित्रियो सीएफ मोटोको ईभी सब–ब्रान्ड जिहोको इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य

नेपाल भित्रियो सीएफ मोटोको ईभी सब–ब्रान्ड जिहोको इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य

काठमाडौं – नेपाली बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘जिहो’ भित्रिएको...

याडियाको वर्ल्ड कप अफर : नगद छुटका साथै ४३ इन्चको टीभी सम्म

याडियाको वर्ल्ड कप अफर : नगद छुटका साथै ४३ इन्चको टीभी सम्म

काठमाडौं – नेपालका लागि याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...