इलेक्ट्रिक कार हुन्डाई आयोनिक ५ को मूल्यमा एकै पटक ३६ लाख वृद्धि : यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं – हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ को मूल्यमा एकै पटक ३६ लाख रुपैयाँ वृद्धि भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भिजन रुफयुक्त आयोनिक ५ को मूल्य पहिले ८० लाख ९६ हजार रुपैयाँ तोकेकोमा हाल १ करोड १६ लाख ९६ हजार रुपैयाँ तोेकेको छ ।

सरकारले बजेटमार्फत बढाएको करका कारण एकैपटक यसको मूल्य बढ्न गएको हो । करको दरका कारण इलेक्ट्रिक गाडीको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । गत वर्ष कर घटे पश्चात हुन्डाईले कोना इलेक्ट्रिकको मूल्य एकैपटक २३ लाख रुपैयाँले घटाएको थियो ।

सरकाले करको दरमा हेरफेर गर्न सक्ने अपेक्षा समेत धेरै व्यवसायीले गरेका छन् । हुन्डाईले आधिकारिक वेबसाइटमा भने अझै पनि आयोनिक ५ को मूल्य राखेको छैन । नाडाद्वारा हालै प्रकाशित मूल्य सूचीमा भने यसलाई समावेश गरिएको छ ।

हुन्डाईले नेपाली बजारमा विभिन्न मोडलका गाडी बिक्री–वितरण गरिरहेको छ । सबै मोडल र तिनको मूल्य सूची यस प्रकार छ :

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...