बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
निसानको म्याग्नाइट आगामी साता देखि नेपालभरका सोरुमहरुमा उपलब्ध हुने भएको छ । त्यसैगरी रेनो काइगर भारतमा लन्च भएको छ र नेपाली बजारमा समेत छिट्टै नै उपलब्ध हुने बताइएको छ । यो अवस्थामा नेपाली ग्राहकका लागि कम्प्याक्ट एसयूभीको बजारमा थप रोजाईको विकल्प बनेर आएको छ ।
यी दुई गाडी नेपाली बजारमा अन्य ब्रान्डको तुलनामा निकै नै प्रतिस्पर्धि मूल्यमा उपलब्ध हुने अपेक्षा गरिएको छ । यसले पनि नेपाली ग्राहक निकै नै आशावादी बनेका छन् ।
यी दुई गाडीका बीचमा भएको अर्को रोचक पक्ष के छ भने दुवैमा उही इन्जिन प्रयोग गरिएको छ । निसान म्याग्नाइटमा उपलब्ध १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन नै रेनो काइगरमा पनि राखिएको छ । १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ९८ बीएचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो ५–स्पिड म्यानुअल गियरबक्स अथवा सीभीटी अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ ।
रेनो काइगरमा हुने दुई पेट्रोल इन्जिन मध्ये त्यो एक हो भने अर्को १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । यो इन्जिन पहिले नै रेनो ट्राइबरमा पनि उपलब्ध छ । यो ५–स्पिड म्यानुअल र एउटा एएमटी युनिटका साथ उपलब्ध हुनेछ ।
रेनो ट्राइबर र निसान म्याग्नाइट जस्तै रेनो काइगर पनि सीएमएफ–ए प्लस प्लेटफर्ममा विकसित गरिएको छ । रेनो र निसानका बीच धेरै पक्षमा सहकार्य छ । यसैको परिणाम नै इन्जिनमा पनि सहकार्य भएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...