युरोपमा पुराना चिनियाँ ईभीको मागमा उच्च बृद्धि, कारण के ?
काठमाडौं–चीनमाा पुराना ईभीको मागमा उच्च बृद्धि देखिएको छ । चिनियाँ ईभीमा...
साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा विद्युति बसबाट सेवा सुरु गर्न लागेको छ । आजबाट शुरु हुने यी बसमा महिला चालक र सहचलकको व्यवस्था गरिएको छ ।
चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखनामा यी बस तयार भएका हुन् । चीन मै ‘ग्रेडबिलिटी टेस्ट’ ‘उकालो तान्न सक्ने क्षमता’ परीक्षण गरेपछि नेपालमा ल्याइएको थियो ।
बाँकी ३७ वटा वस पनि आउने क्रममा रहेको साझा याताायतले बताएको छ । सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो । साझाले ४० वटा बसमा करिब ६१ करोड खर्चिंदै छ । अहिले ९ मिटर लामो बस किनिएको हो ।
यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ । अहिले २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाडौंमा आएका छन । यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन । अपांगहरु चढ्न मिल्ने -याम्पसहितको सुविधा समेत दिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...