अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम सम्पन्न
अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम...
काठमाडौं – फेडरेसन इन्टरनेसनल डेल मोटोसाइक्लिजम – एफआईएमको सहयोगमा नासा नेपालको समन्वय र विमा नेपालको व्यवस्थापनमा सेफ्टी राइडिङ इनिसिएटिभको आज शुभारम्भ गरियो ।
ललितपुरको सातदोवाटोस्थित नासा नेपालको कार्यालयमा एक विशेष कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा माउन्टेन स्पोर्ट्स फेडरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई र नासा नेपालका अध्यक्ष दशरथ रिसालले सो अभियानको सुरुवात गरे ।
कार्यक्रममा विमा नेपालकी संयोजक सुनिता देशारले मोटरसाइकल राइडिङको टर्मिनोलोजी र टुल्स, सेफ्टी राइडिङको महत्व तथा नासा नेपाल तथा एफआईएमको अभियान र नासा नेपालका उपाध्यक्ष अनिल बरालले नासा नेपाल तथा विमा नेपालको सहकार्य वारेमा प्रस्तुतिकरण गरे ।
त्यस्तै उक्त अभियानका सदस्य प्रमोद श्रेष्ठ ‘गुफी’ र विमा नेपालकी कोषाध्यक्ष सोनी तण्डुकारले कार्यक्रमका वारेमा राइडरहरुलाई जानकारी गराए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यद्वय सुवाश श्रेष्ठ र सम्पन्न श्रेष्ठ, सगरमाथा आरोही तथा राइडर कल्पना महर्जन, नासा नेपालका कार्यसमिति सदस्य दिप्रश शाक्यलगायतको उपस्थिति थियो ।
उक्त अवसरमा सहभागी राइडर तथा अफिसियलहरुलाई सेफ्टी राइडिङको प्रयोगात्मक अभ्यास गराइएको थियो ।
यस अभियान अन्तर्गत देशभरका १ हजार महिला मोटरसाइकल/स्कुटर राइडरहरुलाई अनुशिक्षण प्रदान गरिने नासा नेपालले जनाएको छ । राइडरहरुले ट्राफिक रुल्स एन्ड रेगुलेसन, मेकानिकल एन्ड टेक्निकल तथा मोटरसाइकल सेफ्टी एन्ड सस्टेनेबिलिटीको वारेमा आवश्यक जानकारी प्राप्त गर्नेछन् । नेपालभर झापा, धरान, निजगढ, हेटौंडा, तुल्सीपुर, कावासोती, नारायणगढ, पोखरा, सुर्खेत, धनगढी र काठमाडौं लगायतका विभिन्न सहरमा उक्त कार्यक्रम सञ्चालन गरिने छ ।
एफआईएमको टु टायर सिस्टम अन्तर्गत स्पोर्ट्स र वियोन्ड स्पोर्ट्स रहेकोमा सो अभियान वियोन्ड स्पोर्ट्स अन्तर्गत नासा नेपालको विशेष टिमले सञ्चालन गर्नेछ । उक्त विशेष टिममा गोविन्द भट्टराई, सन्तोष न्यौपाने, प्रकाश कपुरी, विनोद तण्डुकार, प्रमोद श्रेष्ठ ‘गुफी’, सुनिता देशार, रवि थापा र विपिन गौतमलगायतका व्यक्तित्वहरु संलग्न छन् ।
नेपालमा हाल ४० लाख भन्दा बढी सवारी साधन दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांक रहेकोमा ती मध्ये ८० प्रतिशत हाराहारी मोटरसाइकल रहेका छन् । प्रत्येक दिन हुने सवारी दुर्घटनामा मोटरसाइकल र स्कुटर जस्ता टु ह्विलरको संख्या अत्यधिक छ । पछिल्लो दिनमा महिला राइडरहरु बढ्दै गएको परिप्रेक्ष्यमा उनीहरु समेत दुर्घटनामा पर्ने सम्भावना अत्यधिक देखिन्छ । यसकारण पनि महिला राइडरहरुका लागि यस किसिमका जागरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।
संसारमा ६० करोड भन्दा बढी मोटरसाइकल कुदिरहेको देखिन्छ । यसको ठूलो संख्या विकासशील राष्ट्रहरुमा पाइन्छ । सवारी दुर्घटनाको ठूलो संख्या पनि यिनै देशहरुमा छ । यसले गर्दा मोटरसाइकल राइडर तथा पैदल यात्रीहरु सवारी दुर्घटनाको ‘रिस्क जोन’ मा छन् भनिन्छ । यो समस्या विश्वकै अटोमोबाइल उद्योगको लागि एउटा ठूलो चुनौती बनेको छ भने नेपाल जस्तो गरिब देशको लागि राष्ट्रिय अर्थतन्त्रमै ठूलो प्रहार ।
विश्वव्यापी रुपमा संयुक्त राष्ट्र संघले नै रोड सेफ्टी दशक (२०२०–२०३०) सञ्चालन गरिरहेको छ । यस अन्तर्गत हाल सडक दुर्घटनाबाट हुने १३ लाख मृत्यु दरको संख्यालाई १० वर्षमा आधा घटाउने घोषणा सहितको कार्ययोजना सार्वजनिक गरेको छ । विभिन्न सदस्य राष्ट्रहरुले यसै अनुसारको रणनीति तयार गरेका छन् । नेपाल सरकारले पनि रोड सेफ्टी एक्सन प्लान २०२०–३० को प्रस्ताव सार्वजनिक बहसमा ल्याएको छ । तर यसलाई अनुमोदन गरी कार्यान्वयन गरेको पाइएको छैन ।
मोटरसाइकलबाट हुने दुर्घटनाका कारण अत्यधिक मात्रामा टाउकोमा चोट लाग्ने गरेको पाइन्छ र यसको मुख्य कारण गुणस्तरीय हेल्मेटको अभाव देखिन्छ । साथै ठीक ढंगले हेल्मेट तथा राइडिङ गियर नहुनु पनि यसको अर्को कारण मान्न सकिन्छ । अझ अधिकांश दुर्घटनामा पिलियन राइडर अर्थात पछिल्लो भागमा बस्ने राइडरलाई बढी क्षति पुगेको पाइन्छ । यसले गर्दा पिलियन राइडरलाई पनि गुणस्तरीय हेल्मेट अनिवार्य गर्न ढिलाई भइसकेको नासा नेपालले जनाएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले नासा नेपाल लगायतका विभिन्न संघ संस्था समेतको लामो लबिङ पश्चात हेल्मेटको राष्ट्रिय गुणस्तर मापदण्ड निर्धारण गरिसकेको छ, जसलाई ऐनमार्फत बाध्यकारी बनाएर कार्यान्वयन गर्नका लागि दबाब दिनु यस क्षेत्रमा संलग्न सबैको दायित्व हो ।
विश्वव्यापी रुपमा डब्ल्युएचओ, एफआर्ईए र एफआईएम तथा ग्लोबल एलायन्स लगायतका संघ संस्थाहरुले मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी अभियानहरु सञ्चालन गरिरहेका छन् । नेपालमा पनि विगत लामो समय देखि दर्जनौ संघ संस्थाहरु नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी – नेपाल नामक नेटवर्कमार्फत विभिन्न अभियान सञ्चालन गरिरहेका छन् । यसै अन्तर्गतको एउटा महत्वपूर्ण अभियानको आज शुभारम्भ गरिएको हो, जसको समापन आगामी सेप्टेम्बर अन्तिम साता काठमाडौंमा हुने अन्तर्राष्ट्रिय मोटरसाइक्लिङ कन्फ्रेन्समार्फत गरिने नासा नेपालले जनाएको छ ।
देशव्यापी रुपमा सञ्चालन गरिने सेफ्टी राइडिङ इनिसिएटिभ अभियान अन्तर्गत मोटरसाइकलको महत्व र फाइदा, मोटरसाइकलमार्फत महिला सशक्तिकरण, मोटरसाइक्लिङ स्पोर्ट्स, टु ह्विल टुरिङ र ई–बाइकको वारेमा समेत आधारभूत जानकारी प्रदान गरिने छ ।
अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम...
काठमाडौं – आम निर्वाचनको संघारमा नेपलका सडक यातायातको क्षेत्रलाई...
काठमाडौं – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को आयोजनामा शुक्रबार र शनिबार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...