फिचर अपग्रेड भएर आउँदै स्कर्पियो एन, लेभल २ एडास पाइने
महिन्द्राले स्कर्पियो एनमा नयाँ फिचर थप्ने भएको छ । एसयूभीमा प्यानाराेिमक...
आजको समयमा कारको क्रयास सेफ्टी टेस्ट निकै नै आवश्यक भइसकेको छ । सो परीक्षणले कारको सेफ्टीको बारेमा जानकारी हासिल गर्न सकिन्छ । विश्वका ठुला कार निर्माता कम्पनीको कारको सेफ्टी परीक्षण गरिन्छ ।
तर भारतमा ठुला कार निर्माता कम्पनी भए तापनि कारको सेफ्टी परीक्षण गर्ने कुनै व्यवस्था थिएन । अब भने भारतमा पनि कारको सेफ्टी टेस्ट गर्न सकिने भएको छ । भारत सरकारले अक्टोबर १ देखि कार क्रयास सेफ्टी स्टार रेटिङ लागु गर्ने भएको छ ।
यसलाई भारतमा न्यु कार एसेसमेन्ट प्रोग्राम वा भारत एनसीएपी नामबाट ल्याइनेछ । यो भारतमा कारको सेफ्टी मापदण्डको लागि हुनेछ । कार निर्माता कम्पनी मारुती सुजुकी, टाटा मोटर्स, टोयोटा, स्कोडा, किया र महिन्द्राले सरकारको यो कदमलाई स्वागत गरेका छन् ।
भारतमा कार उत्पादन गर्र्ने वा निर्यात गर्ने कार कम्पनीले आफ्नो सवारी साधनको सेफ्टी परीक्षण गर्नुपर्ने छ । यो क्रयास टेस्ट वा सेफ्टी रेटिङ अटोमोटिभ इन्डस्ट्री स्ट्याण्डर्ड १९७ अनुसार हुनेछ ।
भारत सरकारले भारत एनसीएपीको प्यारामिटरलाई फाइनल गरेको छ । सेफ्टी मानक प्यारामिटरले अन्य मापदण्डलाई पनि ध्यानमा राखेको छ, यसमा कारको पेडेस्ट्रियन फ्रेन्डली डिजाइन र सवारी साधनको स्ट्रक्चरल सेफ्टी समावेश छ ।
यसका साथै एक्टिभ एण्ड प्यासिभ सेफ्टी असिस्ट टेक्नोलोजी र वयस्क तथा बालबालिका यात्रुको सेफ्टीलाई पनि ध्यानमा राखेर डिजाइन गरिएको छ । यसले ग्लोबल एनसीएपी वा युरो एनसीएपीले जस्तै कारको सेफ्टी रेटिङ निर्धारण गर्नेछ । यो धेरै खर्चिलो र समय खपत गर्ने प्रक्रिया हो ।
सरकारले भारत एनसीएपीको परीक्षण प्रोटोकल विश्वव्यापी क्रयास टेस्ट प्रोटोकलसँग मिल्दोजुल्दो रहेको बताएको छ । भारतमा सवारी साधनको लागि १ देखि ५ स्टार रेटिङ हुनेछ ।
महिन्द्राले स्कर्पियो एनमा नयाँ फिचर थप्ने भएको छ । एसयूभीमा प्यानाराेिमक...
महिन्द्रा एक्सयूभी ३०० को फेसलिफ्ट मोडल ‘टर्वो स्पोर्ट’ छिट्टै नेपाली...
भारतको सबैभन्दा ठूलो एसयूभी उत्पादक कम्पनी महिन्द्रा एण्ड महिन्द्राले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...