अर्को नयाँ एड्भेन्चर मोटरसाइकल नेपाल आउँदै, यस्तो छ फिचर, पावर र पर्फमेन्स
सुजुकीले केही समयअघि भारतमा लन्च गरेको एड्भेन्चर टुरर वाइक भी स्ट्रोम २५०...
भारतमा एनसीएपी (न्यू कार एसेसमेन्ट प्रोग्राम) सुरु हुने भएको छ । भारतका केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गड्करीले भारत एनसीएपी सुरु गर्ने मस्यौदालाई स्वीकृत गरेका छन् ।
यस कार्यक्रम अन्तर्गत भारतमा निर्मित कारलाई कारको क्रयास टेस्टमा प्रदर्शनको आधारमा सेफ्टी रेटिङ दिइनेछ । यो रेटिङ १ स्टार देखि ५ स्टार बीच हुनेछ । यसमा ५ स्टारलाई सबैभन्दा राम्रो मानिनेछ ।
भारत– एनसीएपीले उपभोक्ता केन्द्रित प्लेटफर्मको रूपमा काम गर्नेछ, जहाँ ग्राहकले सुरक्षित गाडी उत्पादन गर्न भारतमा ओईएम बीच स्वस्थ प्रतिस्पर्धालाई बढावा दिइनेछ ।
निर्यात बढ्ने
भारतका केन्द्रीय मन्त्रीका अनुसार क्रयास टेस्टले यात्रुको सुरक्षा सुनिश्चित गर्नका साथै भारतीय अटोमोबाइलको निर्यात बढाउन पनि महत्वपूर्ण भूमिका खेल्ने छ । भारत एनसीएपीको परीक्षण प्रोटोकल ग्लोबल क्रयास टेस्ट प्रोटोकलसँग जोडिनेछ, जहाँ कम्पनीले भारतमै इन–हाउस परीक्षण सुविधामा आफ्ना सवारी साधनको परीक्षण गर्न सक्ने छन् । मन्त्रीले भारतलाई विश्वको नम्बर १ अटोमोबाइल हब बनाउन र उद्योगलाई आत्मनिर्भर बनाउन भारत एनसीएपीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
भारत–एनसीएपीको विशेषता
यस कार्यक्रम अन्तर्गत सवारी निर्मातालाई सेफ्टी टेस्टिङ एसेसमेन्ट प्रोग्राममा सहभागी हुन प्रोत्साहित गरिनेछ । जसमा नयाँ कार मोडलमा उच्च सुरक्षा स्तर समावेश गर्न सकिन्छ । यसको काम भनेको वयस्क र बच्चाका लागि कारलाई सुरक्षित बनाउने र सक्रिय र निष्क्रिय सेफ्टी फिचर समावेश गर्नु हो । यो कार्यक्रम ग्लोबल एनसीएपी जस्तै हुनेछ, जसमा नयाँ कार मोडेल क्रयास टेस्टिङ मार्फत धेरै प्यारामिटरमा परीक्षण गरिन्छ र तिनलाई १ देखि ५ स्टारसम्म रेटिङ गरिन्छ ।
सेफर च्वाइस अवार्ड
हालै महिन्द्रा एक्सयूभी ७०० लाई ग्लोबल एनसीएपी ‘सेफर च्वाइस’ अवार्ड प्रदान गरिएको छ । महिन्द्रा समूहको लागि यो दोस्रो अवार्ड हो, पहिलो पुरस्कार २०२० को शुरुमा एक्सयूभी३०० लाई प्रदान गरिएको थियो । ग्लोबल एनसीएपीले यो अवार्ड उच्च स्तरको सुरक्षा प्रदर्शन हासिल गर्ने सवारी निर्मातालाई मात्र प्रदान गर्छ ।
सुजुकीले केही समयअघि भारतमा लन्च गरेको एड्भेन्चर टुरर वाइक भी स्ट्रोम २५०...
काठमाडौं– जिक्सर १५५ को २०२३ मोडल नेपाल आएको छ । हालसालै आएको सो नयाँ...
मारुति सुजुकीले भिक्टोरिस नामक आफ्नो नयाँ मिडसाइज एसयूभी सार्वजनिक गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...