नयाँ वर्ष पश्चात नेपाली बजारमा पहिलो लन्च हुने कार बन्दै सुजुकी सेलेरियो
काठमाडौं – नेपाली बजारमा सुजुकी सेलेरियो कारको प्रि–बुकिङ प्रारम्भ भएको छ...
काठमाडौं– जिक्सर १५५ को २०२३ मोडल नेपाल आएको छ । हालसालै आएको सो नयाँ मोडलको मूल्य ३ लाख ६३ हजार रुपैयाँ निर्धारण गरिएको छ । सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले नयाँ जिक्सर १५५ लाई पुरानोको मोडल भन्दा १९ हजार कम मूल्यमा बिक्री सुरु गरेको हो ।
पुरानो मोडललाई कम्पनीले ३ लाख ८२ हजारमा बिक्री गर्दै आएको थियो । भारतबाटै मूल्य समायोजन भएर आएका कारण नयाँ मोडल सस्तो पर्न गएको कम्पनी स्रोतको भनाई छ । नयाँ जिक्सर मेटालीक सोनीक सिल्भर वीथ पर्ल ब्लेज, मेटालीक ट्रीटोन ब्लु र ग्लास स्पार्कल ब्ल्याक कलर अप्सनमा आएको हो ।
भारतीय बजारमा १० महिना अघि नै लन्च भएको नयाँ जिक्सर १५५ मा सुजुकीले पुरानै विएस४ इन्जिनलाई निरन्तरता दिएको छ । यसमा जडान गरिएको १५५ सिसीको सिंगल सिलिन्ड, एयर कुल्ड र एफआई विशेषतायुक्त इन्जिनले १४.१ पिएस पावर र १४ एनएम टर्क जेनेरेट गर्दछ ।
५ स्पिड गियरवक्स दिइएको सो मोटरसाइकललाई १२० किलोमिटर प्रतिघण्टाको उच्च गतीमा हाँक्न सकिन्छ । एक लिटर पेट्रोलको खपतमा यसले ४० किलोमिटर हाराहारी माइलेज दिने कम्पनीको दावी छ । यसको ग्राउन्ड क्लिरियन्स १६५ एमएम छ ।
नयाँ जिक्सर १५५ मा सुजुकीले डुअल डिस्क ब्रेक सहितको सिंगल च्यानल एविएस, टेलिस्कोपिक एण्ड मोनोशक सस्पेन्सन, सिंगल ह्यान्डलबार, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, अपराइड राइडिङ पोजिसन, एग्रेसिभ एलइडी हेडल्याम्प डिजाइन, एलइडी टेलल्याम्प र डुअल ब्यारेल एक्जस्ट लगायत फिचर उपलब्ध गराएको छ ।
काठमाडौं – नेपाली बजारमा सुजुकी सेलेरियो कारको प्रि–बुकिङ प्रारम्भ भएको छ...
काठमाडौँ – नेपालमा लामो समय देखि प्रतीक्षा गरिएका सुजुकीका दुई...
सुजुकीले अष्ट्रेलियामा जिम्नी एक्सएलको नयाँ ‘हेरिटेज’ एडिसन सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...