घोषणा पत्रमा नागरिकको सुरक्षित यात्राको अधिकार ग्यारेन्टीका लागि दलहरुलाई ध्यानाकर्षण

काठमाडौं – आसन्न आम निर्वाचनमा नेपालका राजनीतिक दलहरुले दिगो सडक र सुर्रिक्षत यातायातलाई कसरी आफ्नो मुख्य प्रथमिकतामा राख्छन् ? यो आम मतदाताको चासोको विषय पनि हो । समाजवादी संविधान, लोक–कल्याणकारी शासन ब्यवस्था र पन्ध्रौं योजनाको मूल मर्म “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने दीर्घकालीन सोच भएको संघीय गणतन्त्र नेपालमा सुरक्षित र भयरहित यात्राको यसरी याचना गर्नु पर्ने अवस्था आउनु कदापि सुखद पक्ष भने होइन ।

यही कुरालाई मनन गरी नागरिक तथा पेशागत समुदायको तर्फबाट भयरहित यात्राको लागि ठोस कार्यक्रमको अवधारणा सहित अनुरोध गर्दै विभिन्न पार्टीको सकृय र सकारात्मक क्रियाशीलताको अपेक्षा गर्दै नागरिकको सुरक्षित यात्राको अधिकार ग्यारेन्टीका लागी घोषणापत्रमा समावेश गरिने सुझाव सम्बन्धमा राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराइएको छ ।

सो सुझावमा भनिएको छ, ‘अकाल मृत्युको पहिलो कारण, अङ्गभङ्ग र अपाङ्गताको मुख्य कारण, उत्पादकत्व ह्रासको मुख्य कारण, सामाजिक–आर्थिक असन्तुलनको मुख्य कारण मात्र नभई गरिबीको नै प्रमुख कारण बनेको सडक दुर्घटनाको समस्या न्यूनीकरण गर्ने कदम चाल्न धेरै ढिलो भैसकेको छ । आज मानव अधिकार र उपभोक्ता अधिकार पनि हो सुरक्षित यात्राको अधिकार । तर हाम्रा तिनै अधिकार स्वयम दुर्घटनामा परिरहेको अवस्थाबाट मुक्त भई आधुनिक प्रदेश, सभ्य समाज र सुरक्षित नागरिक निर्माणको ग्यारेन्टी गर्न केहि नीतिगत, केहि कार्यमूलक र केहि सुधारात्मक पहल गर्न हामी पुनः यहाँको ध्यानकर्षण गराउँछौ ।

तसर्थ, राजनीतिक, आर्थिक असन्तुलन, जनधनको अकल्पनीय क्षति तथा गरिवीको दुश्चक्रमा सदैव फसाइ रहने सडक दुर्घटनाको समस्या न्युनिकरणको लागि त्यस पार्टीले “सबैको लागि दिगो, सुरक्षित र ब्यवस्थित सार्वजनिक यातायात तथा सुरक्षित यात्राको अधिकारलाई नागरिकको आधारभुत अधिकारको रुपमा ग्यारेन्टी गर्दछौ ।” भन्ने प्रतिवद्घता यहाँको पार्टीको घोषणापत्रमा समावेश गरिदिनु भई आम–नागरिकको भावनाको सम्मान गरिदिनु हुन अनुरोध गर्दछौ।’

आज गोविन्द भट्टराई, धान्यमणि नेपाल लगायतको टोलीले यसका लागि नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एमालेका भीष्म अधिकारीलाई भेटेर सुझाव हस्तान्तरण गरेको छ ।

आगामी दिनमा अन्य दलहरुलाई समेत सुझाव हस्तान्तरण गरिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

जापानमा एसिया प्यासिफिक अटोमोबाइल बिजनेस फोरम, नासा नेपालका महेश अधिकारी सहभागी हुँदै

जापानमा एसिया प्यासिफिक अटोमोबाइल बिजनेस फोरम, नासा नेपालका महेश अधिकारी सहभागी हुँदै

काठमाडौं – एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस...

नेपालका विशिष्ट महिलाहरु सम्बन्धी फोटो प्रदर्शनी हुने, भिन्टेज तथा क्लासिक गाडी प्रदर्शन हुने

नेपालका विशिष्ट महिलाहरु सम्बन्धी फोटो प्रदर्शनी हुने, भिन्टेज तथा क्लासिक गाडी प्रदर्शन हुने

काठमाडौं – सांस्कृतिक संग्रहालय नेपाल र नेपाल ओलम्पिक म्युजियमको...

अटो नेपाल म्यागजिनलाई २०७७ को रोड सेफ्टी मिडिया अवार्ड

अटो नेपाल म्यागजिनलाई २०७७ को रोड सेफ्टी मिडिया अवार्ड

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र नासा फाउन्डेसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...