नागढुंगा सुरुङमार्ग निर्माणका लागि ५ अर्ब १३ करोड रुपैयाँ विनियोजन
काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि ५ अर्ब १३...
काठमाडौं - सरकार सार्वजनिक यातायातलाई सुरक्षित, सुव्यवस्थित र प्रविधिमैत्री बनाउन नीति निर्माणको तयारीमा जुटेको छ । सोही उद्देश्यसहित यातायात व्यवस्था विभागले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी निर्देशिका’ को मस्यौदा तयार गर्ने प्रक्रिया अगाडि बढाएको हो।
विभागका सूचना अधिकारी गणेशमान सिंह राईका अनुसार यात्रु सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आधुनिक प्रविधिको प्रयोगबाट सार्वजनिक यातायात प्रणालीलाई छरितो, सहज, वातावरणमैत्री र दिगो बनाउने लक्ष्यसहित निर्देशिका तयार गर्न लागिएको हो। राईकै संयोजकत्वमा मस्यौदा समिति गठन भइसकेको छ।
राई भन्छन्, “हाल हामी प्रारम्भिक चरणमा छौं। सामान्य खाका लेखनको काम भइरहेको छ। ट्राफिक प्रहरी, इन्जिनियर, यातायात व्यवसायी, यात्रु लगायत सरोकारवालासँग परामर्श गरेर मात्र अन्तिम रूप दिनेछौं।”
हाल सार्वजनिक यातायात असुरक्षित, अव्यवस्थित र यात्रुमैत्री नहुँदा जनगुनासो बढ्दो छ। यस्तै अवस्थाका कारण निजी सवारी साधनको प्रयोग बढिरहेको छ । जसले सहरी क्षेत्रको ट्राफिक व्यवस्थापनमा थप चुनौती सिर्जना गरिरहेको छ। नयाँ निर्देशिकाले यो समस्या न्यूनीकरण गर्न मद्दत पुर्याउने विभागको विश्वास छ ।
हाल सवारी क्षेत्रलाई विभिन्न ऐन, नियम, कार्यविधि र छुट्टाछुट्टै निर्देशिकाबाट नियमन गरिँदै आएकोमा अब एकीकृत निर्देशिका ल्याएर सुव्यवस्थित बनाइने भएको हो।
सुरक्षित र प्रविधिमैत्री यातायात नीति कस्तो हुनु पर्छ?
निर्देशिकाको प्रारम्भिक अवधारणाअनुसार सार्वजनिक सवारीमा सीसी क्यामरा, जीपीएस, ई-टिकेटिङ जस्ता प्रविधिको प्रयोग अनिवार्य गरिनेछ। साथै क्यूआरकोड तथा अनलाइन मार्फत भुक्तानीको व्यवस्था मिलाउनु पर्छ । जेष्ठ नागरिक, महिला, बालबालिका र अपांगता भएका व्यक्तिहरूका लागि छुट्टै सिटको व्यवस्था हुनेछ। मोबाइल एपमार्फत रुट ट्रेसिङ र यात्रु सुरक्षा सुनिश्चित गर्न लाइभ ट्र्याकिङको सुविधा पनि उपलब्ध गराउनु पर्ने मस्यौदामा उल्लेख छ ।
त्यसैगरी, सडकको अवस्थाका आधारमा सवारी साधनको अधिकतम गति तोकिनेछ भने रुट परमिट पनि सडकको अवस्था हेरेर मात्र दिइने व्यवस्था गरिनेछ।
काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि ५ अर्ब १३...
नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै...
काठमाडाैं । वर्षा र पहिरोका कारण नेपालका विभिन्न राजमार्गहरू अवरुद्ध भएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...