‘आरवाईडी नेपाल’को पहिलो वर्कसप सञ्चालनमा, ८०० रुपैयाँमै बाइक भाडामा पाइने

काठमाडौं - नेपाली बजारमा बाइक भाडामा उपलब्ध गराउने एउटा भरपर्दो प्लेटफर्मको रूपमा पहिचान बनाउँदै गरेको ‘आरवाईडी नेपाल’ ले आफ्नो पहिलो वर्कसप सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमको आयोजना गर्दै आरवाईडी नेपालले सेवालाई थप सुदृढ बनाउन अत्याधुनिक वर्कसप कपन, ढलाने ब्रिजनजिकै सञ्चालनमा ल्याएको हो ।

उक्त वर्कसपको उद्घाटन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले गरे। उद्घाटन समारोहमा नाडाका पूर्व अध्यक्ष कृष्णप्रसाद दुलाल, एसटीसी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेती, भेन्चर हायर पर्चेज प्रालिका सीईओ बाबुराम शर्मा, सीजी मोटर्सका सीईओ कपिल सिवाकोटी लगायत अटो क्षेत्रमा सम्बद्ध व्यक्तिहरूको उपस्थिति थियो ।

ग्राहकलाई गुणस्तरीय र छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले आफ्नो पूर्वाधार र सवारी साधनको संख्यालाई मध्यनजर गर्दै वर्कसप सञ्चालनमा ल्याएको आरवाईडी नेपालका अध्यक्ष अभिषेक खतिवडाले जानकारी दिए । उनले उद्घाटन कार्यक्रममा बोल्दै भने, ‘हामीले सुरुदेखि नै सुरक्षित र भरपर्दो सेवा दिने लक्ष्य लिएका छौं, आफ्नै वर्कसप सञ्चालनमा आएपछि सेवा अझ व्यवस्थित र प्रभावकारी हुनेछ, आगामी दिनमा सेवा विस्तार गर्दै शाखा तथा प्राविधिक केन्द्र स्थापना गर्ने योजना बनाएका छौं ।’

सुरुवाती चरणमा हिरो सुपर स्प्लेन्डरका ५० वटा बाइकबाट आफ्नो सेवा यात्रा प्रारम्भ गरेको आरवाईडी नेपालले हाल आफ्नो क्षमता बढाएर १ सय वटा पुर्याएको छ । नयाँ वर्कसपमा अनुभवी प्राविधिक टोलीमार्फत बाइकको नियमित सर्भिसिङ, इन्जिन जाँच, ब्रेक तथा टायर परीक्षण, पार्ट्स प्रतिस्थापन लगायतका सेवा उपलब्ध गराइने बताइएको छ ।

‘अब कमाउने पालो तपाईंको’ भन्ने नारा राख्दै आएको आरवाईडी नेपाल काठमाडौंका सडकमा हजारौँ युवालाई रोजगारीको अवसर दिने उद्देश्यका साथ नयाँ बाइक भाडामा दिने एक प्लेटफर्म हो । कम्पनीले बजारमा रहेका पुराना र जीर्ण बाइकहरू भन्दा फरक, ब्रान्ड न्यु बाइकहरू मात्र भाडामा उपलब्ध गराउँछ । राइडरहरूलाई पहिलो दिनदेखि नै कमाइ सुरु गर्ने अवसर दिने यस कम्पनीले प्रतिदिन ८०० रूपैयाँ मात्र भाडा तोकेको छ । यसमा कुनै पनि लुकेको शुल्क वा अतिरिक्त जटिलता नभएको बताइएको छ ।

आरवाईडी नेपालले राइडरलाई केवल भाडामा मात्र सीमित नगरी, डेढ वर्षमा आफ्नै बाइकको मालिक बन्नसक्ने मोडल पनि तयार गरेको छ । यसले राइडरको भविष्य निर्माणमा सहयोग पुग्ने कम्पनीले अपेक्षा गरेको छ ।

सञ्चालक टिमका अनुसार कम्पनीले राइडरहरुलाई सुरुमा हेल्मेट, फोन होल्डर, रेनकोटका साथसाथै एकपटक सगुनस्वरुप १५ सय रुपैयाँको पेट्रोल पनि उपलब्ध गराउनेछ । आरवाईडी नेपालको उद्देश्य केवल बाइक भाडामा दिने कम्पनी मात्र नभएर राइडरहरूको भविष्य निर्माण गर्ने एउटा प्लेटफर्म बन्नु हो ।

साथै, राइडरलाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूले भोग्ने समस्या समाधानमा कम्पनी अभिभावकको रूपमा प्रस्तुत भइरहेको छ । आरवाईडीले डिजिटल प्लेटफर्ममार्फत सहज बुकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । ग्राहकले अनलाइन प्रणालीमार्फत आफूलाई आवश्यक पर्ने समय र मोडल छनोट गरी सेवा लिनसक्ने व्यवस्था रहेको पनि खतिवडाले जानकारी दिए ।

वर्कसप सञ्चालनसँगै अब बाइकको अवस्था अझ चुस्त राख्न मद्दत पुग्ने र आकस्मिक प्राविधिक समस्या समाधान छिटो गर्न सकिने कम्पनीले जनाएको छ । यो वर्कसप सञ्चालनले कम्पनीको सेवा गुणस्तर उकास्नुका साथै ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने विश्वास गरिएको खतिवडाले बताए । बाइक भाडा सेवामा प्रतिस्पर्धा बढिरहेको अवस्थामा आरवाईडी नेपालको यो पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

सम्बन्धित समाचारहरू

आकर्षक मोडल, लोभलाग्दो फिचर र आशा अनुसारको म्याचअप भएकाले मैले यो बाइक रोजेको हुँ – श्रेष्ठ

आकर्षक मोडल, लोभलाग्दो फिचर र आशा अनुसारको म्याचअप भएकाले मैले यो बाइक रोजेको हुँ – श्रेष्ठ

किरण श्रेष्ठ हाल सांग्रिला मोटर्समा असिस्टेन्ट जनरल म्यानेजरको रुपमा...

नेपालमा उपलब्ध सीएफ मोटो ब्रान्ड भारतमा पुनः प्रवेश गर्दै, ४५० एमटी आकर्षण हुने

नेपालमा उपलब्ध सीएफ मोटो ब्रान्ड भारतमा पुनः प्रवेश गर्दै, ४५० एमटी आकर्षण हुने

नेपाली बजारमा राम्रो प्रतिक्रिया पाइरहेको सीएफ मोटो ब्रान्ड भारतमा...

युएसएड बन्दपछि चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल

युएसएड बन्दपछि चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल

काठमाडौँ–अमेरिकी सहयोग नियोग (युएसएड)का कार्यक्रम बन्द हुँदा नेपालमा सयौँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...