नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
एक रुसी युट्युबर, ब्लगर र मर्सिडिज एएमटी जीटी ६३ एसका मालिकले जर्मन कार निर्माताको विरोधमा अनौठो काम गरेका छन् । ती रुसी युट्युबर र ब्लगरले आफ्नै फोर डोर मर्सिडिज एएमजी जीटी ६३ एस कुपे स्पोर्ट्स कारमा आगो लगादिएका छन् । मिखाइल लिटविन नाम गरेका तीे युट्युबरले एक मर्सिडिज डिलरशिपको रुखो व्यवहारले गर्दा सो काम गरेको बताएका छन् ।
रिपोर्ट अनुसार लिटविनले आफ्नो मर्सिडिज बेन्ज कारको साथ केही मुद्दाको सामना गर्नु परेको थियो जसको कारणले गर्दा उनलाई ५ पटक स्थानीय डिलर कहाँ पठाइएको थियो तर डिलरले यसलाई मर्मतको लागि इन्कार गरेको थियो । सोही कारणले गर्दा लिटविनले सो कारमा आगो लगाएका थिए ।
सो कारको मूल्य करिव तीन करोड रुपैयाँ हाराहारी पर्छ । उनले एउटा खेतमा सो कार राखेर आगो लगाएका थिए । आगो लगाउनु भन्दा पहिला कारमा पेट्रोल छरेका थिए । त्यसपछि उनले आगो लगाएका थिए । उनले यसको भिडियो बनाएर अनलाइनमा पनि सार्वजनिक गरेका थिए ।
सो भिडियोलाई युट्युवमा यति धेरैले हेरिसकेका छन् कि यसबाट कमाएको पैसाले उनले सो कार त्यही पैसाले फेरि किन्न सक्छन् ।
यो भिडियो हेर्दा उनले कार निर्माताको विरोध गरेको भन्दा पनि धेरै पब्लिसिटी स्टन्ट गरेको प्रतित हुन्छ ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...