स्टक क्लियरेन्स गर्दै रनर, नयाँ लट २ महिनापछि आउने

बंगलादेशबाट आयात हुने रनर मोटरसाइकलको नयाँ लट दुई महिनापछि भित्रिने भएको छ । कम्पनीले बीएस६ प्रविधि सहित बोल्ट र अन्य मोडल नेपाली बजारमा उपलब्ध गराउने बताएको छ ।

नयाँ लट आउने मिति नजिकिएसँगै नेपालस्थित आधिकारिक वितरक रमन मोटर्सले अहिले भारी छुटका साथ पुराना मोटरसाइकलको स्टक क्लियरेन्स गरिरहेको छ । एउटै मोडलमा ६५ हजारसम्म छुट दिएर पुरानो स्टक सल्टाउन खोजिएको कम्पनी स्रोतले बताएको छ । कम्पनीसँग हाल २०१९ र २०२० मोडलका केही युनिट बाइक उपलब्ध छ ।

नेपाली बजारमा उपलब्ध विभिन्न मोडल मध्ये नाइट राइडरको मूल्य २ लाख ६० हजार रहेकोमा यसको मूल्य २ लाख २९ हजार, बुलेटको मूल्य १ लाख ९५ हजार बाट १ लाख ५९ हजार, टर्बोको मूल्य २ लाख ४० हजारबाट २ लाख ५ हजार, रोयल प्लसको मूल्य १ लाख ८९ हजारबाट १ लाख ४९ हजार, चिताको मूल्य १ लाख ६९ हजारबाट १ लाख २९ हजार र एडी–८०एसको मूल्य १ लाख ६५ हजारबाट १ लाख रुपैयाँ कायम गरिएको थियो । फेस्टिभल अफरको रुपमा राखिएको यो छुट मंसिर मसान्तमा सकिएको भए पनि अझै पनि यी मोडलमा केही छुट हुने अनुमान गर्न सकिन्छ ।

नेपाली बजारमा सबैभन्दा लोकप्रिय रहेको एड्भेन्चर मोडल रनर हकको मूल्य ४ लाख २५ हजारबाट घटाएर ३ लाख ६९ हजारमा बिक्री गरिएको थियो । यसको स्टक भने सकिएको कम्पनीको भनाइ छ । यसमा एकै पटक ५१ हजार मूल्य घटाइएको थियो भने सबैभन्दा बढी एडी–८०एसमा ६५ हजार मूल्य कम गरिएको थियो ।

५ बर्षअघि नेपाल भित्रिएको रनरले ९० सीसी देखि २०० सीसीसम्मका मोटरसाइकलको बिक्री गर्दै आइरहेको थियो । जसमध्ये २०० सीसी क्षमताको डर्ट बाइक हक निकै नै लोकप्रिय बनेको थियो । ३ लाख ६९ हजार रुपैयाँमा बिक्री गर्दै आइरहेको यो बाइकमा अहिले पनि ग्राहकले रुचि राख्दै आएपनि नयाँ मोडल उपलब्ध नभएका कारण बिक्री गर्न नसकिएको स्रोतको भनाइ छ । ‘हामीले २ महिनाभित्र रनरको नयाँ मोडल आयात गर्ने गरी तयारी थालेका छौ । जसका लागि स्पेयर पार्ट्सको स्टक समेत थप गरेका छौ । बंगलादेशबाट कम्पनीका प्रतिनिधिहरु नेपाल आएर अध्ययन समेत गरिसक्नु भएको छ’स्रोतले नेपाल अटोलाई बताएको छ ।

इन्जिनमा ७ बर्षसम्मको वारेन्टी सेवा दिएर कारोबार थालेको यो ब्रान्डले नेपाली बजारमा राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको थियो । अन्य कम्पनीले थ्रीएस अर्थात सेल्स, सर्भिस र स्पेयर पार्ट्सको उपलब्धता सहित बाइक बिक्री गरिरहेको अवस्थामा रनरले भने फोरएस अर्थात सेल्स, सर्भिस, स्पेयर पार्ट्स र सेफ्टी राइडिङ समेत उपलब्ध गराएको दाबी गरेको थियो ।

भारतीय टु ह्विलरको तुलनामा केही सस्तो देखिएपनि पावर र पर्फमेन्सको साथै लुक्स र डिजाइनमा समेत खासै नयाँपन दिन नसकेका कारण यो ब्रान्डलाई नेपालमा खासै रुचाइएन । तर आगामी दिनमा ल्याउने नयाँ मोडल र प्रविधिले भने ग्राहकमा केही सकारात्मक प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

बनेपामा खुल्यो हाउजे बाइकको शोरुम, १५ हजार रुपैयाँ छुट

बनेपामा खुल्यो हाउजे बाइकको शोरुम, १५ हजार रुपैयाँ छुट

काठमाडौं – हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल...

नयाँ डर्ट बाइकको बिक्री शुरु हुँदै, ३०० सिसीमा पहिलो डर्ट बाइक हुने कम्पनीको भनाई

नयाँ डर्ट बाइकको बिक्री शुरु हुँदै, ३०० सिसीमा पहिलो डर्ट बाइक हुने कम्पनीको भनाई

नयाँ बर्षको सुरुवातसंगै नेपाली बजारमा अर्को नयाँ ब्रान्डको डर्ट वाइक...

नयाँ ग्राफिक्ससहित भित्रियो क्रसफायर एचजे २५० को डार्क एडिसन

नयाँ ग्राफिक्ससहित भित्रियो क्रसफायर एचजे २५० को डार्क एडिसन

क्रसफायर मोटरसाइकलको आधिकारिक बितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...