बनेपामा खुल्यो हाउजे बाइकको शोरुम, १५ हजार रुपैयाँ छुट
काठमाडौं – हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल...
विगत ५ वर्षयता नेपाली बजारमा उपलब्ध रहँदै आएको टु ह्विलर ब्रान्ड जिपएक्सले अटोबजारमा खासै चर्चा वटुल्न सकिरहेको छैन । थाइल्यान्डबाट आयत गरी ल्याइएको यो ब्रान्डसंग नेपाली राइडरले रुचाउने मोडल नभएकै कारण गुमनाम भने हुनुपरेको होइन । जिपिएक्सको स्पोर्टस, क्याफे रेसर, रेट्रो र भिन्टेज गरी कुल ४ सेग्मेन्टका वाइक उपलब्ध छन् ।
सन् २०२० मा आयोजना गरिएको नाडा अटो शोमा ‘डोर प्राइज’का रुपमा प्रायोजन गरेको यो ब्रान्डले त्यतिवेला धेरै दर्शकको ध्यान खिचेको थियो । लुक्स र फिचर्समा अव्वल भैकन पनि यो ब्रान्डले बजार लिन नसक्नुको पछाडी आयतकर्ता कम्पनीले ब्रान्डिङ र प्रमोशनमा ध्यान पुर्याउन नसक्नुलाई दोषि ठहर गर्न सकिन्छ । जसका कारण काठमााडौंको टेकु र स्वयम्भुमा शोरुम राखेर ६ वटा मोडललाई प्रदर्शन गर्नु वाहेको यो ब्रान्डको उपलब्धी अरु केही छैन भन्दा पनि हुन्छ ।
२०१८ मा नेपाल भित्रिएको यो व्रान्डको कतिपय वाइक निकै पुरानो भैसकेको छ । शोरुममा २०१८ देखीको मोडल राखेर विक्री गर्ने जमर्को गरेपनि ग्राहकको आकर्षण पर्न सकिरहेको छैन । अझै पनि अधिकांश व्यक्तीले यो व्रान्डको वारेका यथेष्ट जानकारी पाउन सकिरहेका छैनन् । ३ वर्षयता कुनैपनि नयाँ मोडल आयत नगरेको आयतकर्ता कम्पनी ओमेगा मोटोकर्पको ध्याउन्न अहिले जसरी हुन्छ पुरानो स्टक सक्ने विषयमा केन्द्रित रहेको प्रष्ट हुन्छ । जसका लागी उसले पुरानो मोडलमा भारी छुट समेत दिइरहेको छ ।
नेपाली बजारमा यसको २२० सिसी क्षमताको रेजर, २०० सिसीको जेन्टलमेन रेसर, लेजेन्ड, जेन्टलम्यान र १५० सिसीको लेजेन्ड तथा डेमोन मोडल उपलब्ध छन् । जसमध्ये रेजरको मूल्य ४ लाख ९९ हजार ७ सय र अन्य मोडलको क्रमश ४ लाख ७७ हजार ७ सय, ४ लाख ६३ हजार ७ सय, ४ लाख ८३ हजार ७ सय ३ लाख ५७ हजार ७ सय र ३ लाख ९६ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
काठमाडौं – हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल...
नयाँ बर्षको सुरुवातसंगै नेपाली बजारमा अर्को नयाँ ब्रान्डको डर्ट वाइक...
क्रसफायर र इटालिका मोटोको आधिकारिक बितरक क्लासिक ह्विल एक्स्पोर्ट एन्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...