क्रसफायरको नयाँ वर्ष अफर : नगद छुट, कम व्याजदर र वम्परमा १ लाख ५० हजार उपहार
क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल्स...
नयाँ बर्षको सुरुवातसंगै नेपाली बजारमा अर्को नयाँ ब्रान्डको डर्ट वाइक भित्रिने भएको छ । -याप्टर ब्रान्डको यो मोटरसाइकललाई बिक्रेता कम्पनी एड्भेन्चर ह्विल्सले नेपालमै एसेम्वल गरी बिक्री गर्न लागेको हो ।
३०० सय सिसी क्षमतामा उपलब्ध हुने यी बाइक एल, आर र आरआर मोडलमा उपलब्ध हुने कम्पनीका संचालक उज्वल जिसीले बताएका छन् । उनका अनुसार यी वाइकमा पावरफुल इन्जिन जडान गरिनेछ । ‘हामीले ३ वर्ष लगाएर चाइनिज कम्पनीसंगको सहकार्यमा बिशेष प्रकारको इन्जिन विकास गरेका छौ । जुन यी नयाँ बाइकमा जडान गरिनेछ’ उनले भने ।
यी नयाँ बाइकलाई नेपालको बाटो सुहाँउदो हुने गरी विशेष प्रकारले डिजाइन गरिएको उनले बताए । उनी भन्छन्, ‘हाल बजारमा २५० सिसी सम्मका डर्ट बाइक मात्र उपलब्ध रहँदै आएका कारण हामीले ठूलो इन्जिन राखेर यो बाइक लन्च गर्न लागेका हौ । यो नेपाली बजारमा उपलब्ध ३ सय सिसी क्षमताका एकमात्र डर्ट बाइक हुनेछ । जसको पावर र टर्क समेत उच्च रहनेछ ।’
यी बाइकको मूल्य ७ लाख रुपैयाँदेखी शुरु हुनेछ । बाइकको तौल कम गर्न यसको च्यासिसमा गुणस्तरिय स्टिलको प्रयोग गरिएको छ । यी बाइकमा ह्वाइट पावर सस्पेन्स प्रयोग हुने र यो अफरोडका लागी एकदमै उपयोगी हुने बताइएको छ । लामो राइडमा जाने राइडरका लागि १४ लिटरको फ्युल ट्यांक अप्सनका रुपमा उपलब्ध हुने र डबल एक्जस्ट समेत अप्सनमा रहनेछ ।
क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल्स...
बंगलादेशबाट आयात हुने रनर मोटरसाइकलको नयाँ लट दुई महिनापछि भित्रिने भएको...
क्रसफायर मोटरसाइकलको आधिकारिक बितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एन्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...