भोली प्रोटोन एक्स ५० को औपचारिक लन्च हुने
प्रोटोन गाडीको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले भोली...
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आगामी बिहीबार अर्थात सेप्टेम्बर ९ तारिखका दिन बीएस६ इन्जिनयुक्त अपाचे आरटीआर २०० फोरभी लन्च गर्ने भएको छ ।
टीभीएसले पछिल्लो समयमा बजारमा उपलब्ध गराएको आरटीएफआई अर्थात रेस ट्युन्ड एफआई प्रविधिको यो मोटरसाइकल केही समय पहिले नै बजारमा उपलब्ध छ । कम्पनीले औपचारिक रुपमा यसलाई सार्वजनिक गर्ने योजना बनाएको हो । सामाजिक सञ्जालमा लाइभ कार्यक्रममार्फत यसलाई सार्वजनिक गरिने छ ।
यसको बुकिङ समेत कम्पनीले खुलाइसकेको छ । एफआई प्रविधि र तीन वटा राइडिङ मोड सहित नयाँ फिचरयुक्त यो मोटरसाइकल पहिले देखि नै धेरै राइडरहरुले प्रतीक्षा गरिरहेको मोटरसाइकल हो ।
स्पोर्ट, अर्वन र रेन गरी यसलाई तीन राइडिङ मोडमा चलाउन सकिन्छ । राइडरले परिस्थिति अनुसार मोड सेट गर्न सक्छन् । यो मोटरसाइकलमा १९७.८ सीसी सिंगल सिलिन्डिर एफआई इन्जिन रहेको छ । जसले स्पोर्ट मोडमा २०.५ बीएचपी पावर र १७.२ एनएम टर्क जेनेरेट गर्छ ।
एफआई इन्जिनयुक्त यो मोटरसाइकलका अन्य धेरै विशेषता नेपाली बजारमा पहिले देखि नै उपलब्ध अपाचे आरटीआर २०० फोरभीसँग मिल्छन् । त्यसैले यसमा स्मार्ट कनेक्ट, फुल डिजिटल मिटर, एबीएस, रियर मोनोसक, अल एलईडी हेडलाइट आदि विभिन्न फिचर उपलब्ध छन् ।
नयाँ अपाचे आरटीआर २०० फोरभी बीएस६ को मूल्य ३ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
प्रोटोन गाडीको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले भोली...
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले २०२४...
काठमाडौं । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद रु. १० लाख ५...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...