रोयल इन्फिल्ड हिमालयन ७५० आउँदै, यस्ता छन् विशेषता
रोयल इन्फिल्डले हालै लद्दाखको लेहमा हिमालयन ७५० को शोकेस गरेको छ । सो...
काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वल्र्ड टुरिजम डे’ को अबसर पारेर ‘हन्टर हेरिटेज राईड–२०२३’ सम्पन्न गरेको छ ।
शनिवार सम्पन्न सो राइडमा ४४ वटा रोयल इन्फिल्ड हन्टर मोटरसाइकलको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य ‘रोड सेफ्टि अवेरनेस, प्रमोटिङ सिस्टमेटिक राइड कल्चर’ र हेरिटेज साइट को प्रवर्द्धन गर्नु रहेको थियो ।
रोयल इनफिल्डको शोरूम टेकुबाट सुरु भएको सो राइड त्रिपुरेश्वर–कंलकी–स्वयम्भु–भगवान पाऊ–छाउनी–भिमसेनथान–बसन्तपुर–दरबारमार्ग घण्टाघर–शहिटगेट– त्रिपुरेश्वर कुपन्डोल–पाटनढोका–पिम्बहाल–मंगलबजार–बालकुमारी–कोटेश्वर–पेप्सीकोला–सानोठिमी हुँदै भक्तपुर दरवार स्क्वायर सम्म पुगेको थियो ।
राइडरहरूको टोली अनुशासित ढंगले भिन्टेज मोटो क्याफे रोयल इनफिल्ड शोरूम पुगेर कार्यक्रम समापन गरिएको थियो ।



दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...