विश्वभर एकै दिन रोयल इनफिल्ड ‘वान राइड २०२२’ आयोजना हुँदै, नेपालमा चित्लाङ पुगेर मनाइदै
काठमाडौं – बिश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी ‘रोयल इन्फिल्ड’ को...
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभको प्रायोजनमा नक्साल बुलेट सर्भिस सेन्टरले विन्डी राइड (windy Ride) आयोजना गरेको छ । गत शुक्रबार सम्पन्न उक्त राइडका लागि रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर सहभागी भएका थिए ।
विहान ८ बजे बुलेट सर्भिस सेन्टर, गैरीधाराबाट सुरु भएको सो राइड कालिन्चोक पुगेर बास बसे भने शनिबार बेलुका ६ बजे नक्साल बुलेट सर्भिस सेन्टर, गैरीधारानै पुगेर समापन गरिएको थियो । राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै, विभिन्न मनोरन्जनात्कम खेलहरुसमेत आयोजना गरियो ।
अल्फा अटोमोटिभको आधिकारिक सर्भिस सेन्टर रहेको नक्साल बुलेट सर्भिस सेन्टरले रोयल इनफिल्डको आन्तरिक पर्यटन प्रवद्र्धको मान्यता अनुरुप पहिलो पटक यस्तो किसिमको राइड आयोजना गरेको बताएको छ । आगामी दिनमा विन्डी राइडलाई हरेक वर्ष आयोजन गर्ने उद्देश्य रहेको सर्भिस सेन्टरका प्रबन्धक मिलन पौडेलले बताए ।
राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासिक ३५० तथा मेटियर ३५० मोटरसाइकलका साथै ४० भन्दा धेरै सहभागी भएका थिए ।
राइड सुरु हुनु भन्दा पहिले अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले राइडरहरुलाई सडक सुरक्षाका वारेमा आवश्यक जानकारी प्रदान गर्दै राइड गर्दा सदैव राइडिङ गियर प्रयोग गर्न आग्रह गर्दै राइड कार्यक्रमलाई अगाडि बढाएका थिए ।
काठमाडौं – बिश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी ‘रोयल इन्फिल्ड’ को...
काठमाडौं– रोयल इन्फिल्डले आयोजना गरेको ‘हन्टर कार्निभल’ सम्पन्न भएको छ ।...
नेपालमा डर्ट अर्थात अफरोड बाइकको नाम लिंदा शुरुमै आइहाल्ने नाम हो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...