बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौ – नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले गत शुक्रबार ‘वेलफेयर राइड’ कार्यक्रम आयोजना गरेकोे छ ।
बालाजुस्थित रोयल इन्फिल्ड शोरुमदेखि सुरु भएको राइडको रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले शुभारम्भ गरेका थिए। राइड नारायणथानस्थित मानव सेवा आश्रममा पुगी सम्पन्न भएको थियो ।
यस राइडमा ३५ वटा रोयल इन्फिल्डमा सवार ४२ जना राइडरहरुले सहभागिता जनाएका थिए । १५ किलोमिटर लामो मोटरसाइकल र्यालीका लागि काठमाडौं लिजेन्ड्सको टिमले रोड क्याप्टेनको भूमिका निभाएको थियो ।
ज्येष्ठ नागरिक अनि असक्त बुवाआमालाई सेवा गर्दै आएको मानव सेवा आश्रमलाई सहयोग एवं त्यस आश्रममा रहेका बुवाआमासँग अन्तक्र्रिया गर्ने मुख्य उद्देश्य राखेर बिहान ८ बजे बालाजुदेखि हिँडेको मोटरसाइकल र्याली गोंगबु, महाराजगन्ज, गोल्फुटारहँुदै नारायणथानस्थित मानव सेवा आश्रममा पुगी समापन भएको थियो ।
मानव सेवा आश्रम पुगेर एमभी दुगड ग्रुप टिम र राइडरहरुले त्यस आश्रममा यथासक्य र आफ्नो मनखुसीले सेवा र अन्तक्र्रिया कार्यक्रम पनि गरेका थिए। संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनु र राइडरहरुमा सेवाको भावना जगाउनु पनि र्यालीको मनसाय रहेको बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...