रोड टेष्टका क्रममा देखियो रोयल इनफिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल
रोयल इनफिल्ड फ्लाइङ फ्ली सी६ इलेक्ट्रिक बाइक पहिलो पटक भारतिय सडकमा...
रोयल इन्फिल्डले बेलायतको गुडवुड फेस्टिवल अफ स्पिडमा ८५० सीसी एड्भेन्चर बाइक सार्वजनिक गरेको छ । सो बाइक ६५० सीसी प्लेटफर्ममा आधारित छ । रोयल इन्फिल्ड एड्भेन्चर बाइकको साथमा मिडिलवेट सेगमेन्टमा प्रवेश गर्न सक्ने अनुमान पनि गरिएको छ ।
रोयल इन्फिल्डले डेथ स्प्रे कस्टमका डेभिड ग्वाइथरसँग सहकार्य गरेर र्याली बाइक बनाएको हो । यसलाई सन् १९८० र १९९० को दशकको डकार र्याली रेसिङ बाइकबाट प्रेरित भएर बनाएको हो । डेथ स्प्रे कस्टमको प्रेरणा सन् १९८८ देखि १९९१ सम्म यामाहा टेनेर र होन्डा अफ्रिका ट्विन रेसिङ मेसिनबाट लिइएको हो । सो बाइकका निर्माता डेभिड ग्वाइथरका अनुसार उनको उद्देश्य त्यतिबेलाको पावर फिगर र स्टाइलको आधुनिक र्याली बाइक विकास गर्ने थियो ।
रोयल इन्फिल्डको ८५० सीसी एड्भेन्चर बाइक हल्का पेस्टल पिंक र पर्पल रङमा पेश गरिएको हो । यसमा डुकाटी डेजर्ट एक्स जस्तै रेट्रो डिजाइन थिम दिइएको छ । सो बाइकको अगाडि एनालग स्टाइल म्याप बुक र बडी प्यानलका लागि पिरियड-करेक्ट ग्राफिक्स दिइएको छ । साथै यसमा ह्यारिस पर्फमेन्सबाट ट्विक गरिएको च्यासिस, एड्जस्टेबल ओहलिन्स सस्पेन्सन र कस्टम स्विङआर्म र एक्जस्ट सिस्टम पनि दिइएको छ ।
सो बाइक नेपालमा भने तत्काल लन्च हुने सम्भावना छैन । रोयल इन्फिल्डको ८५० सीसी बाइकमा धेरै उत्कृष्ट फिचर समावेश गरिएको छ ।
रोयल इनफिल्ड फ्लाइङ फ्ली सी६ इलेक्ट्रिक बाइक पहिलो पटक भारतिय सडकमा...
शक्तिशाली मोटरसाइकल निर्माता कम्पनी रोयल इन्फिल्ड पनि अब इलेक्ट्रिक...
रोयल इन्फिल्डको इलेक्ट्रिक मोटरसाइकल पहिलोपटक सडकमा देखापरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...