रोयल इन्फिल्डका मोटरसाइकल नेपालमै एसेम्वल हुने, वार्षिक ८ हजार युनिट उत्पादन गर्ने लक्ष्य

रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक त्रिवेणी समुहले स्वदेशमै एसेम्वल प्लान्ट स्थापना गरी मोटरसाइकल उत्पादन गर्ने भएको छ । जसका लागी उसले उद्योग दर्ता समेत गराइसकेको छ । उद्योग विभागका अनुसार मोटरसाइकल एसेम्बलका लागि टीजी अटो ग्रुप प्रालि उद्योग विभागमा दर्ता भएको हो । गत चैत्र महिनादेखी सो समुह अन्तर्गतको अल्फा अटोमोटिभ्स प्रालिले यी मोटरसाइकल आयत गरी कारोबार गर्दै आइरहेको छ ।

मोटरसाइकल एसेम्बल गर्न समूहले टीजी अटो ग्रुप मार्फत उद्योगमा ३८ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ । उद्योग बाराको जितपुर उपमहानगरपालिका वडा नम्बर ९ मा स्थापन हुने जनाइएको छ । यो नयाँ उद्योगले वार्षिक ८ हजार मोटरसाइकल एसेम्बल गर्ने लक्ष्य लिएको छ ।

नयाँ वितरकका रुपमा कारोबार थाले लगत्तै कर बृद्धिको मारमा परेको यो मोटरसाइकलको मूल्य त्यसयता भारी मात्राले बृद्धि भएको छ भने विगत ४ महिनायता आयत प्रतिवन्धको समस्या समेत झेल्नु परेको छ । नेपाली बजारमा यो ब्रान्डको वार्षिक ७ हजार युनिटसम्म मोटरसाइकल बिक्री हुने गरेको तथ्यांक छ ।

मूल्य बृद्धि र आयत प्रतिवन्धका कारण कारोबार गर्न कठिन भएपछि कम्पनीले नेपालमै एसेम्वल युनिट स्थापना गर्न लागेको सहजै अनुमान लगाउन सकिन्छ । हाल सरकारले एसेम्वलका लागी आवश्यक किट आयत गर्न कुनै रोकावट गरेको छैन भने यस्ता किट ल्याएर स्वदेशमै एसेम्वल गर्दा आयतमा छुटदेखी अन्य सहुलित समेत प्रदान गर्दै आइरहेको छ ।

हाल नेपालमा बजाज र टिभिएसले आफ्नै एसेम्वल प्लान्टमार्फत मोटरसाइकल उत्पादन गरिरहेका छन् भने यामाहा, सुजुकी, भेष्पा र अप्रिलिया लगायत ब्रान्डले उद्योग दर्ता गरिसकेका छन् । वाँकी ब्रान्डले समेत उद्योग दर्ता गर्ने तयारी थालेका छन् ।

सम्बन्धित समाचारहरू

भित्रियो होन्डा हाइनेस सीबी ३५०, गर्ला रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा ?

भित्रियो होन्डा हाइनेस सीबी ३५०, गर्ला रोयल इन्फिल्ड क्लासिक ३५० सँग प्रतिस्पर्धा ?

होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल...

सानदार रेट्रो लुक्सका बाइक नेपालमा : यस्ता छन् फिचर र मूल्य

सानदार रेट्रो लुक्सका बाइक नेपालमा : यस्ता छन् फिचर र मूल्य

युवाहरु माझ रेट्रो बाइकको क्रेज दिनानुदिन बढिरहेको छ । एड्भान्स...

रोयल इन्फिल्डले मोटोभर्स २०२४ मा गोआन क्लासिक ३५० बबर बाइक लन्च गर्दै

रोयल इन्फिल्डले मोटोभर्स २०२४ मा गोआन क्लासिक ३५० बबर बाइक लन्च गर्दै

रोयल इन्फिल्डले नोभेम्बर २२ देखि २४ सम्म हुने मोटोभर्स २०२४ मा गोआन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...