नेपालमा रोयल इन्फिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभव

काठमाडौ – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सफलतापूर्वक सम्पन्न गरेको छ। सो टेस्ट राइड ट्रयाक एक्सपेरियन्स गत शुक्रबार देखि आइतबार सम्म सञ्चालन गरिएको थियो र हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको ट्र्याकले अफरोडिङ अनुभव प्रदान ग¥यो। अफरोड ट्र्याकमा हुने यस अनुभवले राइडरलाई हिमालयन ४५० को रोमाञ्चकता र साहसिक क्षमताको प्रत्यक्ष अनुभव प्रदान गरेको कम्पनीको भनाइ छ।

अल्फा अटोमोटिभ प्रालिले नाडा अटो शो २०२४ मा रोयल इन्फिल्डको नयाँ मोडल हिमालयन ४५० सीसी शेर्पा इन्जिन लन्च गरेको थियो । हिमालयन ४५० को प्रारम्भिक मूल्य ९ लाख ८९ हजार ५ सय रुपैयाँ रहेको छ भने टप भेरिएन्टको मुल्य १० लाख ३९ हजार ५ सय रुपैयाँ रहेको छ ।

हिमालयन ४५० मा ४ भेरिएन्टहरू छन् जसमा काजा ब्राउनको मुल्य ९ लाख ८९ हजार ५ सय, स्लेट पपी ब्लु÷स्लेट हिमालयन साल्टको मुल्य ९ लाख ९९ हजार ५ सय, क्यामेट ह्वाइटको मुल्य १० लाख १८ हजार ५ सय र हान्ले ब्ल्याकको मुल्य १० लाख ३९ हजार ५ सय रुपैयाँ रहेको छ ।

४५२ सीसी इन्जिन र आधुनिक एबीएस प्रणालीले सुसज्जित यो मोटरसाइकलले रोयल इन्फिल्डको मजबुदताले आधुनिक प्राविधिक सुधारसहित संयोजन गर्दछ, जसले गर्दा सहरका सडकहरू र नेपालको प्राकृतिक सुन्दरताले भरिएको पहाडी एवं हिमाली सडकहरूमा एडभेन्चर यात्राहरुको लागि सर्वोत्कृष्ट रहने बताइएको छ।

रोयल इन्फिल्ड सिरिजमा हिमालयन ४५० विशिष्ट रूपमा अगाडि आएको छ। सो हिमालयनले इन्डियन मोटरसाइकल अफ द यर २०२४ अवार्ड समेत प्राप्त गरेको छ। हिमालयन प्लेटफर्ममा आधारित यो ४५० भेरिएन्टले विविध भुँभागमा (तराई – पहाड – हिमाल) उत्कृष्ट प्रदर्शन र स्थिरता प्रदान गर्दछ। यसको मस्कुलर डिजाइन र उन्नत सस्पेन्सन प्रणालीले सहरका सडकहरूमा होस् या एडभेन्चर रुटहरुमा, सुमधुर र रोमाञ्चक यात्राको सुनिश्चितता प्रदान गर्दछ।

हिमालयन ४५० को प्राविधिक विशेषताहरूमा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ र सवारीको आरामको लागि उन्नत एर्गोनोमिक्स समावेश छन्। रोयल इन्फिल्ड हिमालयनको म्याक्सिमम पावर २९ .४४ किलोवाट रहेको छ भने म्याक्सिमम टर्क ४० एनएम रहेको छ।

हिमालयन ४५० सीसीमा १७ लिटरको फ्युल ट्यांकी छ, जसले लामो यात्रा सुनिश्चित गर्दछ। सामुन्ने पांग्राको साइज ९०/९०–२१ छ भने पछाडि पांग्राको साइज १४०/८०–१७ छ। यस बाइकमा २३० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ। डुअल च्यानल एबीएस र स्विचेबल एबीएसका साथै, यसमा ४ इन्चको गोलो टीएफटी डिस्प्ले छ, जसमा फोन कनेक्टिभिटीको सुविधा, गुगल म्याप्सद्वारा सञ्चालित फुल म्याप नेभिगेसन र मिडिया कन्ट्रोल्स पनि उपलब्ध छन्, जसले यात्रालाई थप स्मार्ट र सुविधाजनक बनाउँछ।

मोटरसाइकलको सजीव डिजाइनलाई यसको टिकाउ फ्रेम र उच्च ग्राउन्ड क्लियरेन्सले पूरक बनाउँछ, जसले यसलाई लामो यात्राहरू र साहसिक यात्राहरूका लागि उत्कृष्ट बनाउँछ। मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट र एर्गोनोमिक ह्यान्डलबार कन्ट्रोल जस्ता आधुनिक सुविधाहरु समावेश छन्, जसले क्लासिक सौन्दर्यलाई आधुनिक कार्यक्षमतासँग मिलाउँछ।

एड्भेन्चर स्पिरिट मनाउन र हिमालयन ४५० राइड गर्दा पाइने अनुपम रोमाञ्चकताका लागि सामेल हुन कम्पनीको आग्रह छ । हिमालयन ४५० अल्फा अटोमोटिभ प्रालिका नेपालभर रहेका २४ वटै शोरुममा उपलब्ध भएको समेत कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ४ नोभेम्बरमा सार्वजनिक गर्ने

रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ४ नोभेम्बरमा सार्वजनिक गर्ने

रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गर्ने भएको छ ।...

प्रतिस्पर्धामा दुई प्रिमियम मोटरसाइकल, हिमालयन ४५० र ४५० एमटीमा कुन किन्ने ?

प्रतिस्पर्धामा दुई प्रिमियम मोटरसाइकल, हिमालयन ४५० र ४५० एमटीमा कुन किन्ने ?

टु–ह्विलर बजारमा पछिल्लो समय दुई नयाँ एड्भेन्चर मोटरसाइकलको चर्चा...

रोयल इन्फिल्ड गुरिल्ला ४५० अब स्पोर्ट्स बाइक भर्सनमा आउने

रोयल इन्फिल्ड गुरिल्ला ४५० अब स्पोर्ट्स बाइक भर्सनमा आउने

रोयल इन्फिल्डले भारतीय बजारमा गुरिल्ला ४५० लन्च गरिसकेको छ । सो बाइक ३००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...