लद्दाखमा परीक्षणका क्रममा देखियो रोयल इनफिल्ड हिमालयन ईभी, कठिन भूगोलमा भइरहेको परीक्षण
प्रिमियम मोटरसाइकल निर्माता रोयल इनफिल्डले विद्युतीय एडभेन्चर...
रोयल इनफिल्ड फ्लाइङ फ्ली सी६ इलेक्ट्रिक बाइक पहिलो पटक भारतिय सडकमा देखापरेको छ । सो नयाँ बाइक रोड टेष्टका क्रममा देखापरेको र अव छिट्टै बिक्रीका लागि समेत उपलब्ध हुने अनुमान गरिएको छ ।
फ्लाइङ फ्ली सी६ इलेक्ट्रिक बाइकको कन्सेप्टलाई कम्पनीले एकवर्ष अघि सार्बजनिक गरेको थियो । बाइकमा गर्डर–शैलीकोे फोर्क र पछाडि मोनो–शक सस्पेन्सनसहित एल्मुनियम फ्रेम प्रयोग गरिएको छ ।
फ्लाइङ फ्ली सी६ मा गोलाकार हेडल्याम्प, टियरड्रप आकारको इन्धन ट्याङ्की र सिंगल सिटको साथ रेट्रो लुक रहेको छ । परीक्षण बाइकमा भने वैकल्पिक पिलियन सिटसमेत राखिएको थियो ।
कम्पनीले हालसम्म यसको टेक्निकल स्पेसिफिकेसन सार्बजनिक गरिसकेको छैन । राम्रो कुलिङ र कम तौलका लागि यसमा म्याग्नेसियमले घेरिएको ब्याट्री प्रयोग हुने अनुमान गरिएको छ ।
गोलाकार टिएफटी डिस्प्ले उपलब्ध हुने यस बाइकमा सबैजसो नविनतम फिचर उपलब्ध हुने अनुमान गरिएको छ । साथै यसमा कर्नरिङ एबिएस र ट्रयाक्सन कन्ट्रोल सहित अन्य सेफ्टि फिचर समेत उपलब्ध हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...