रोयल इन्फिल्डले देखायो एसजी ६५० कन्सेप्ट

रोयल इन्फिल्डले इटालीमा जारी अन्तर्राष्ट्रिय मोटरसाइकल शो ईआईसीएमएमा एसजी६५० नामक मोटरसाइकल कन्सेप्ट प्रदर्शन गरेको छ । परिवर्तित समयमा कम्पनीले भविष्यमा उत्पादन गर्ने मोटरसाइकल कस्तो हुनेछ भन्ने देखाउन यस प्रकारको कन्सेप्ट सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।

रोयल इन्फिल्डको इन्डष्ट्रियल डिजाइन टिमका प्रमुख मार्क वेल्सले दिएको कार्य अनुसार यसको विकास गरिएको बताइएको छ । संक्रमणकाललाई पहिचान गर्ने, हेर्दा फ्युचरिस्टिक देखिने र रोयल इन्फिल्डको पहिचान तुरुन्तै देखिने गरी कन्सेप्ट निर्माण गर्नु पर्ने चुनौती टिमलाई थियो । यस अनुसार नै यसको विकास गरिएको छ ।

यसको अघिल्लो भागमा राउन्ड हेडल्याम्प छ भने फ्युल ट्यांक पनि धेरै मिल्दोजुल्दो छ । साइड प्यानल र फ्लोटिङ एक्जस्टले मोडर्निटी झल्काउछ । फ्रन्ट देखि रियर सम्म सिल्भर र ब्ल्याक कलरको ट्रान्जिसन देख्न सकिन्छ ।

कम्पनीले यो कन्सेप्टका लागि धेरै पार्ट्स विशेष रुपमा फेब्रिकेट गरिएको बताएको छ । आल्मुनियमको सोलिड ब्लकलाई नै सीएनसी बिलेट मेसिनमार्फत मिलाएर ट्यांक बनाइएको छ ।

ड्युअल डिस्क ब्रेक, अपसाइड डाउन फ्रन्ट फोर्क, ह्यान्ड स्टिज्ड सिंगल लेदर सिट, एबीएस आदि यसमा भएको केही मुख्य फिचर हुन् ।

यद्यपि यो मोटरसाइकल प्रोडक्सन भर्सनमा आउछ वा आउदैन भन्ने वारेमा कम्पनीले आधिकारिक रुपमा केही बताएको छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...