रोयल इन्फिल्डले एक वर्षमा नेपालमा बेच्यो करिव १२ हजार मोटरसाइकल, सेगमेन्ट लिडरको फाइदा लिदै

काठमाडौं - नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले एक वर्षमा करिव १२ हजार मोटरसाइकल बिक्री गरेको छ । कम्पनीले सन् २०२४ अप्रिल १ देखि २०२५ मार्च ३१ सम्म मानिने आर्थिक वर्ष २०२५ मा ११ हजार ८८३ मोटरसाइकल बिक्री गरेको छ । यो गत वर्ष भन्दा धेरै हो । सन् २०२४ को आर्थिक वर्षमा कम्पनीले नेपालमा १० हजार ८५ मोटरसाइकल बिक्री गरेको थियो ।

कम्पनीले यस अनुसार एकै वर्षमा करिव पौने ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो। कम्पनीले सन् २०२४ मा २ अर्ब ९२ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले गत आव अर्थात २०२५ मा १७ करोड २० लाख रुपैयाँ खुद नाफा र १९ करोड ७० लाख रुपैयाँ क्यास नाफा गरेको उल्लेख छ । सन् २०२४ मा खुद नाफा लेभल १४ करोड ७० लाख रुपैयाँ र क्यास नाफा १५ करोड ४० लाख रुपैयाँ रहेको उल्लेख गरेको छ ।

कम्पनीले सन् २०२३ को मेबाट व्यवसायिक कारोबार सुरु गरेको थियो । स्थापना भएको ३ वर्षमा नै कम्पनीले उच्च व्यापार गरेको पाइएको छ । सरकारले स्वदेशमा नै सवारी साधन उत्पादनका लागि प्रोत्साहन गरेसँगै धेरै कम्पनीहरुले एसेम्बल प्लान्टमा लगानी गरेका छन् । रोयल इन्फिल्डले पनि नेपालमै एसेम्बल प्लान्टमार्फत रोयल इन्फिल्डका मोटरसाइकल उत्पादन गरिरहेको छ ।

नेपालमा हाल त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी अल्फा अटोमोटिभले नेपालमै रोयल इन्फिल्डका मोटरसाइकल एसेम्बल गरी बिक्रीवितरण गरिरहेको छ ।

नेपाल सरकारले प्रदान गर्ने सहुलियतको सदुपयोग गर्दै सीकेडी अर्थात कम्प्लेट्ली नक्ड डाउन कम्पोनेन्टबाट नेपालमै रोयल इन्फिल्डका मोटरसाइकल उत्पादन हुन्छन् । सरकारले यसरी नेपाल भित्र्याउने कम्पोनेन्टका लागि अन्तःशुल्कमा ५० प्रतिशत र भन्सार शुल्कमा २५ प्रतिशत शुल्क छुट दिदै आएको छ । यसबाट नेपालमै रोजगारी समेत सिर्जना भएको छ भने ग्राहकले पनि केही कम मूल्यमै मोटरसाइकल पाउन सम्भव भएको छ ।

विरेन्द्र कुमार संघाईको नेतृत्वमा रहेको त्रिवेणी ग्रुपमा तीन जनाको बोर्ड अफ डाइरेक्टर्स छ । बारा जिल्लामा रहेको अत्याधुनिक एसेम्बली युनिट १० हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । एसेम्बली प्लान्टबाट वार्षिक रुपमा २० हजार मोटरसाइकल उत्पादन गर्न सकिन्छ ।

नेपाल विभिन्न सेगमेन्टका मोटरसाइकलको बजार मानिन्छ । अन्य मोटरसाइकलमा तीव्र प्रतिस्पर्धा भए पनि रोयल इन्फिल्डका प्रतिस्पर्धी भने खासै बलिया देखिएका छैनन् । विशेष गरी २५० सीसी वा सो भन्दा कम क्षमताका मोटरसाइकलमा धेरै प्रतिस्पर्धा छ । रोयल इन्फिल्डले ३५० सीसी वा सो भन्दा माथिल्लो सेगमेन्टका मोटरसाइकल उत्पादन गर्दै आएको छ । यसकारण पनि यो सेगमेन्टका प्रतिस्पर्धी नेपाली बजारमा कम मात्र देखिएका छन् । यसको प्रत्यक्ष फाइदा रोयल इन्फिल्डलाई पुगेको छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल

यस्तो हुनेछ रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल

रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको डिजाइन पेटेन्ट दर्ता...

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्ली सी६’ आउँदै

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्ली सी६’ आउँदै

इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीको माग तीव्र रूपमा बढ्दै गइरहेको छ। यही...

कस्तो हुनेछ रोयल इनफिल्डको दोस्रो इलेक्ट्रिक मोटरसाइकल ? भारतमा पेटेन्ट डिजाइन दायर

कस्तो हुनेछ रोयल इनफिल्डको दोस्रो इलेक्ट्रिक मोटरसाइकल ? भारतमा पेटेन्ट डिजाइन दायर

रोयल एनफिल्डले भारतमा आफ्नो फ्लाइङ फ्ली एस६ स्क्र्याम्बलरको डिजाइन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...