रोयल इन्फिल्डको रोपाई राइड सम्पन्न

रोयल इन्फिल्ड मोटरसाइकलको बारा पर्साका लागि आधिकारिक विक्रेता नोभस ब्रदर्स प्रालिले रोपाई राइड सम्पन्न गरेको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर शनिबार यो विशेष कार्यक्रम आयोजना गरिएको हो ।

बिरगंजस्थित रोयल इनफिल्ड शोरुमबाट शुरु गरिएको राइड ठोरीमा पुगेर टुंगिएको थियो । राइडमा २५ जना राइडरले सहभागिता जनाएका थिए । उक्त कार्यक्रमको उद्देश्य राष्ट्रिय धान दिवसको महत्वलाई उजागर गर्दै कृषिको व्यवसायीकता प्रवर्धन गर्न टेवा पुर्याउनु रहेको जनाइएको छ ।

आयोजक कम्पनीका अनुसार राइडरले ठोरीमा रोपाइ कार्य, बाउसे एवं रोपाइका गतिविधिमा संलग्न भइ रमोन्चक अनुभव बटुलेका थिए । कार्यक्रममा सहभागी बाइक प्रेमीलाई नोभस ब्रदर्श प्रालिका प्रबन्ध निर्देशक अनुप अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए भने अल्फा अटोमोटिभ प्रालिका नेशनल कार्ट हेड दिपेश श्रेष्ठले रोड क्याप्टेनको भुमिका निर्वाह गरे ।

सम्बन्धित समाचारहरू

नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर र थप दुई कलरसहित नेपाली बजारमा आयो हार्टफोर्ड भीआर १५०एच

नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर र थप दुई कलरसहित नेपाली बजारमा आयो हार्टफोर्ड भीआर १५०एच

काठमाडौं – नेपाली बजारमा थप दुई कलरमा हार्टफोर्ड भीआर १५०एच भित्रिएको छ ।...

सबैभन्दा महंगो बाइक बन्यो ११५ वर्ष पुरानो हार्ले डेभिडसन बाइक

सबैभन्दा महंगो बाइक बन्यो ११५ वर्ष पुरानो हार्ले डेभिडसन बाइक

हालै हार्ले डेभिडसनको दुर्लभ बाइक लिलामी भएको छ, जुन किन्न ग्राहकहरुबीच...

३ लाख ५ हजारसम्म घटेर फेरी आयो मिटिओर ३५० नेपाल, यस्तो छ नयाँ मूल्य

३ लाख ५ हजारसम्म घटेर फेरी आयो मिटिओर ३५० नेपाल, यस्तो छ नयाँ मूल्य

काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...