रोयल इन्फिल्डको रिसेस राइड हुने, राइडरहरु बन्दीपुर पुग्ने

काठमाडौं – नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले आगामी फागुन १९ र २० गते रिसेस राइड आयोजना गर्ने भएको छ ।

सडक सुरक्षा जागरुकता, सवारी सुरक्षा जागरुकता र आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गर्न लागेको अल्फा अटोमोटिभले जनाएको छ ।

फाल्गुन १९ गते विहान ६ बजे रोयल इनफिल्डको नक्साल सोरूमबाट सुरु हुने सो राइड थान्कोट–नागढुङ्गा–नौबिसे–बैरेनी–बेनिघाट–कुरिन्टार–मुग्लिङ्–आबु खैरेनि–डुम्रे हुँदै सोही दिन बन्दीपुर पुग्नेछ ।

बन्दीपुर पुगेपछि राइडरहरूको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम र अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन् । फागुन २० गते बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले आ–आफ्नै गन्तव्य फर्किनेछन र कार्यक्रम समापन गरिने छ ।

रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर राइडमा सहभागी हुन सक्ने अल्फा अटोमोटिभले जनाएको छ ।

राइडरहरूले रोयल इन्फिल्डबाट विशेष उपहार समेत प्राप्त गर्ने छन् । कार्यकममा सहभागी हुन फागुन १६ भित्र फारम बुझाइसक्नु पर्ने समेत अल्फा अटोमोटिभले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

सानदार रेट्रो लुक्सका बाइक नेपालमा : यस्ता छन् फिचर र मूल्य

सानदार रेट्रो लुक्सका बाइक नेपालमा : यस्ता छन् फिचर र मूल्य

युवाहरु माझ रेट्रो बाइकको क्रेज दिनानुदिन बढिरहेको छ । एड्भान्स...

थप पावरफुल इन्जिनसहित रोयल इन्फिल्ड हिमालयन ४५० लन्च हुने, टिजर सार्वजनिक

थप पावरफुल इन्जिनसहित रोयल इन्फिल्ड हिमालयन ४५० लन्च हुने, टिजर सार्वजनिक

रोयल इन्फिल्डले बहुप्रतीक्षित हिमालयन ४५० भारतीय बजारमा लन्च गर्ने तयारी...

सबैभन्दा महंगो बाइक बन्यो ११५ वर्ष पुरानो हार्ले डेभिडसन बाइक

सबैभन्दा महंगो बाइक बन्यो ११५ वर्ष पुरानो हार्ले डेभिडसन बाइक

हालै हार्ले डेभिडसनको दुर्लभ बाइक लिलामी भएको छ, जुन किन्न ग्राहकहरुबीच...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...