विश्वभर एकै दिन रोयल इनफिल्ड ‘वान राइड २०२२’ आयोजना हुँदै, नेपालमा चित्लाङ पुगेर मनाइदै

काठमाडौं – बिश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी ‘रोयल इन्फिल्ड’ को नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वान राइड २०२२’ कार्यक्रम आयोजन गर्ने भएको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्नेछन् ।

वान राइड बिश्वभर एकै दिन आयोजना गरिन्छ । यस पटकको राइडको नारा One World | One Mission | One Ride रहेको छ । वान राइड २०२२ कार्यक्रम भोलि असोज २ गते हुनेछ ।

विहान ६ बजे कमलपोखरी सिटी सेन्टरबाट सुरु हुने यो राइड चित्लाङ पुगेर बेलुका ६ बजे सिटी सेन्टरमा नै पुगेर समापन गरिने छ । यो राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै, विभिन्न मनोरन्जनात्कम खेल तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का कार्यहरु समेत हुने अल्फा अटोमोटिभले जनाएको छ ।

सीएसआरको कार्यक्रम अनुरुप चित्लाङमा रहेको श्री कालीदेवी आधारभुत बिद्यालयका विधार्थीहरुलाई स्कुल ब्याग वितरण गरिने छ । सो कार्यमा चित्लाङका वार्ड अध्क्षयको र बिद्यालयको प्रधानाधापक समेतको संलग्नता रहने छ ।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । बिश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो । यसरी शुरु गरिएको राइड बिश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठुलो राइडमा गणना हुन थालेको छ । बार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा सबभन्दा ठुलो कार्यक्रम मानिन्छ ।

अल्फा अटोमोटिभले भनेको छ, ‘बिश्वमा देखिएको वातावरिणय, पर्यावरण, मौसममा भएको परिबर्तनका कारणले जलचर, थलचरलाई प्रभावित भएको हुदाँ हामी पर्यावरण संरक्षण एवं दुर दराजसम्म पुगी सहयोग गर्ने उद्देश्य राखेका छौ । दुर्गम ठाउँमा पुगी वातावरण सफा गर्ने, हाम्रो वातावरणीय प्रभावलाई कम गर्न मद्दत गर्ने, र हरेक ठाउँलाई राम्रोसँग सँगै छोड्ने रहेको छ ।’

सम्बन्धित समाचारहरू

लन्च भएको एक महिनामै हन्टर बन्यो रोयल इन्फिल्डको सर्बाधिक बिक्री हुने दोस्रो मोटरसाइकल

लन्च भएको एक महिनामै हन्टर बन्यो रोयल इन्फिल्डको सर्बाधिक बिक्री हुने दोस्रो मोटरसाइकल

रोयल इन्फिल्ड हन्टर लन्च भएको एक महिनामै सबैभन्दा बढी बिक्री हुने दोस्रो...

विश्वभर गरिने द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड नेपालमा समेत हुँदै

विश्वभर गरिने द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड नेपालमा समेत हुँदै

विश्वभर सम्पन्न हुने द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड आगामी मे २० अर्थात...

नयाँ हिमालयनमा आधारित फ्ल्याट ट्रयाक ४५० सार्बजनिक

नयाँ हिमालयनमा आधारित फ्ल्याट ट्रयाक ४५० सार्बजनिक

रोयल इन्फिल्डले नयाँ हिमालयन ४५० मा आधारित फ्ल्याट ट्रयाकिङ बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...