चित्लाङ पुग्यो वान राइड : विभिन्न कार्यक्रम हुँदै

काठमाडौं – विश्वभर एकै दिन मनाइने रोयल इन्फिल्ड वान राइडका सहभागीहरु चित्लाङ पुगेका छन् । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभको आयोजनामा भएको सो कार्यक्रमका सहभागीहरु चित्लाङ पुगेका छन् ।

विहान एक कार्यक्रमका बीच रोयल इन्फिल्ड वान राइडका सहभागीहरु कमलपोखरीस्थित सिटी सेन्टरबाट प्रस्थान गरेका हुन् ।

यो राइड चित्लाङ पुगेर बेलुका ६ बजे सिटी सेन्टरमा नै पुगेर समापन गरिने छ । यो राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै, विभिन्न मनोरञ्जनात्मक खेल तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का कार्यहरु समेत हुने अल्फा अटोमोटिभले जनाएको छ ।

सीएसआरको कार्यक्रम अनुरुप चित्लाङमा रहेको श्री कालीदेवी आधारभुत बिद्यालयका विधार्थीहरुलाई स्कुल ब्याग वितरण गरिने छ । सो कार्यमा चित्लाङका वार्ड अध्क्षयको र बिद्यालयको प्रधानाधापक समेतको संलग्नता रहने छ ।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । बिश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो । यसरी शुरु गरिएको राइड बिश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठुलो राइडमा गणना हुन थालेको छ । बार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा सबभन्दा ठुलो कार्यक्रम मानिन्छ ।

अल्फा अटोमोटिभले भनेको छ, ‘बिश्वमा देखिएको वातावरिणय, पर्यावरण, मौसममा भएको परिबर्तनका कारणले जलचर, थलचरलाई प्रभावित भएको हुदाँ हामी पर्यावरण संरक्षण एवं दुर दराजसम्म पुगी सहयोग गर्ने उद्देश्य राखेका छौ । दुर्गम ठाउँमा पुगी वातावरण सफा गर्ने, हाम्रो वातावरणीय प्रभावलाई कम गर्न मद्दत गर्ने, र हरेक ठाउँलाई राम्रोसँग सँगै छोड्ने रहेको छ ।’

सम्बन्धित समाचारहरू

एक वर्ष भन्दा कम समयमै २ लाख रोयल इन्फिल्ड हन्टर बिक्री, नेपालमा प्रतीक्षा

एक वर्ष भन्दा कम समयमै २ लाख रोयल इन्फिल्ड हन्टर बिक्री, नेपालमा प्रतीक्षा

काठमाडौं – रोयल इन्फिल्डले भारतीय बजारमा लन्च भएको एक वर्ष नपुग्दै दुई लाख...

हार्टफोर्डको वेबिनार सम्पन्न : सहभागीहरुले पाए घरैमा बाइक सर्भिसिङ गर्ने टिप्स

हार्टफोर्डको वेबिनार सम्पन्न : सहभागीहरुले पाए घरैमा बाइक सर्भिसिङ गर्ने टिप्स

काठमाडौं – लामो निषेधाज्ञा वा लकडाउनको समयमा धेरै बाइकहरु घरैमा थन्किएका...

रोयल इन्फिल्डका दुई एड्भेन्चर बाइक हिमालयन पुगे दक्षिण ध्रुव

रोयल इन्फिल्डका दुई एड्भेन्चर बाइक हिमालयन पुगे दक्षिण ध्रुव

रोयल इन्फिल्डले ९० डिग्री दक्षिण अभियान सफलतापूर्वक सम्पन्न भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...