रोयल इन्फिल्डको ‘वान राईड २०२३’ कार्यक्रम सम्पन्न

काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वान राईड २०२३’ काययक्रम संम्पन्न गरेको छ । रोयल इन्फिल्ड मोटरसाइकलका ग्राहकले अनलाइन फारम भरेर यो राइडमा सहभागी भएका थिए ।

बिश्वभर एकै दिन आयोजना गरिएको सो राइडको नारा ‘वान मिसन वल्र्ड, वान वल्र्ड, वान राइड’ रहेको थियो । उक्त राइड भदौ ३१ गते रोयल इन्फिल्ड सोरुम नक्सालबाट सुरु भएर लाकुरे पुगेर समापन भएको हो । उक्त राइडमा सहभागीलाई सडक सुरक्षाका वारेमा जानकारी गराइएको थियो ।

काठमार्डौ सहित देशका १३ शहरमा सम्पन्न सो राइडमा काठमाडौंंबाट रोयल इन्फिल्डका हिमालयन, क्लासिक ३५०, मेटिअर ३५०, स्क्र्याम ४११ र हन्टर ३५० मा सवार एकसय भन्दा वढीले सहभागिता जनाएका थिए । वान राइडको पबहलो संस्करण २०११ मा आयोजना गरिएको थियो ।

बिश्वभरका सबै रोयल इन्फिल्डका ग्राहकलाई एकै ठाउाँमा ल्याउने र प्योर राइडको उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो । यसरी शुरु गरिएको राइड बिश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठुलो राइडमा गणना हुन थालेको छ । यसलाई वार्षिक रुपमा हुने रोयल इन्फिल्डको सबैभन्दा ठूलो कार्यक्रम मान्ने गरिन्छ ।

सम्बन्धित समाचारहरू

बिएस६ भर्सन भित्रिएसंगै एउटै मोडलमा ७० हजार रुपैयाँ सम्मले बढ्यो जावा बाइकको मूल्य

बिएस६ भर्सन भित्रिएसंगै एउटै मोडलमा ७० हजार रुपैयाँ सम्मले बढ्यो जावा बाइकको मूल्य

जावा मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक अग्नी मोटो इंकले जावा र जावा...

रोयल इन्फिल्डको रिसेस राइड सम्पन्न, ५६ जना राइडर वन्दिपुर पुगेर फर्किए

रोयल इन्फिल्डको रिसेस राइड सम्पन्न, ५६ जना राइडर वन्दिपुर पुगेर फर्किए

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा...

३५०-६५० सिसी सेग्मेन्टमा रोयल इनफिल्डको एकलौटी बजार, वार्षिक बिक्री १० लाख नाघ्यो

३५०-६५० सिसी सेग्मेन्टमा रोयल इनफिल्डको एकलौटी बजार, वार्षिक बिक्री १० लाख नाघ्यो

रोयल इनफिल्डले २०२५ मा हालसम्मकै धेरै मोटरसाइकल बिक्री गरेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...