बिएस६ भर्सन भित्रिएसंगै एउटै मोडलमा ७० हजार रुपैयाँ सम्मले बढ्यो जावा बाइकको मूल्य

जावा मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक अग्नी मोटो इंकले जावा र जावा फोर्टी टुको बिएस ६ भर्सन भित्राएपछि हाल यसका सबै मोडल उक्त भर्सनमा उपलब्ध हुन थालेका छन् । नेपाली बजारमा जावा, जावा फोर्टी टु र पेराक गरी कुल तीन वटा मोडल उपलब्ध रहँदै आएकोमा पेराक भने यसअघि नै बिएस ६ भर्सनमा उपलब्ध रहँदै आएको थियो ।

थप दुई वटा मोडलका यी बाइकलाई बिएस६ भर्सनमा उतारेसंगै कम्पनीले यी बाइकको मूल्यमा समेत भारी रकमले बृद्धि गरेको छ । बिएस ४ जावाको सिंगल एबिएसलाई यसअघि ६ लाख ४८ हजार ५ सय र डुअल एबिएसलाई ६ लाख ७६ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आइरहेकोमो बिएस ६ को मूल्य क्रमश ७ लाख ५ हजार र ७ लाख ३६ हजार रुपैयाँ पुर्याइएको छ । यो बाइक ५६ हजार ५ सय र ५९ हजार ५ सय रुपैयाँका दरले थप महंगो भएको छ ।

त्यसैगरी अर्को जावा फोर्टी टुको बिएस ६ मा समेत सिंगल एबिएस ५३ हजार र डुअल एबिएस ५६ हजार रुपैयाँका दरले महंगो भएकोे छ । यी बाइकको नयाँ मूल्य क्रमश ६ लाख ७३ हजार र ७ लाख ४ हजार रुपैयाँ निर्धारण गरिएको छ । जवकी यो बाइकको बिएस ४ लाई यसअघि क्रमश ६ लाख २० हजार र ६ लाख ४८ हजार रुपैयाँमा बिक्री गरिँदै आइएको थियो ।

अग्नी मोटो इंकले जावा पेराकमा सबैभन्दा बढी रकम बृद्धि गरेको छ । यसअघि ७ लाख ५० हजार रुपैयाँमा बिक्री हुँदै आएको यो बाइकको मूल्य ७० हजार रुपैयाँले बढेर अहिले ८ लाख २० हजार रुपैयाँ पुगेको छ । पेराक पहिल्यै देखी बिएस६ मा उपलब्ध रहँदै आएको थियो ।

सम्बन्धित समाचारहरू

हार्टफोर्डको वेबिनार सम्पन्न : सहभागीहरुले पाए घरैमा बाइक सर्भिसिङ गर्ने टिप्स

हार्टफोर्डको वेबिनार सम्पन्न : सहभागीहरुले पाए घरैमा बाइक सर्भिसिङ गर्ने टिप्स

काठमाडौं – लामो निषेधाज्ञा वा लकडाउनको समयमा धेरै बाइकहरु घरैमा थन्किएका...

रोयल इन्फिल्ड स्क्र्याम्वलर ६५० उत्पादनको अन्तिम चरणमा

रोयल इन्फिल्ड स्क्र्याम्वलर ६५० उत्पादनको अन्तिम चरणमा

रोयल इन्फिल्डले निकट भविष्यमा लन्च गर्ने तयारी थालेको नयाँ मोडल उत्पादनको...

रोयल इन्फिल्ड क्लासिक ३५० ब्ल्याक किन्दा १५ हजारको निःशुल्क एसेसरिज

रोयल इन्फिल्ड क्लासिक ३५० ब्ल्याक किन्दा १५ हजारको निःशुल्क एसेसरिज

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...