यस्तो हुन सक्छ रोयल इन्फिल्ड हिमालयनको अपडेट मोडल
रोयल इन्फिल्डको लोकप्रिय हिमालयन एड्भेन्चर बाइकको अपडेट मोडल लन्चिङ...
विश्वको सवैभन्दा ठूलो मिडसाइज मोटरसाइकल उत्पादक रोयल इन्फिल्डले ७५० सीसीको नयाँ मोटरसाइकल ल्याउने भएको छ । दुई वर्षपछि बजारमा आउने अनुमान गरिएको सो नयाँ मोटरसाइकल बबर सेग्मेन्टको हुने आँकलन गरिएको छ ।
आर२जी कोडनेम दिएर विकास भइरहेको सो नयाँ मोटरसाइकलका वारेमा कम्पनीले अहिले भारत, नर्थ अमेरीका, यूरोप र वेलायतबाट प्रतिक्रिया लिइरहेको छ । रोयल इन्फिल्डको प्रोडक्ट पोर्टफोलियोमा सवैभन्दा ठूलो इन्जिन जडान भएर आउन लागेको सो नयाँ मोटरसाइकलको विकास वेलायतको लेसिस्टरस्थित टेक सेन्टरमा भइरहेको जनाइएको छ । निकट भविष्यमा कम्पनीले यसको इभी अवतार समेत ल्याउन सक्ने आँकलन गरिएको छ ।
हार्ले डेभिड्सन र ट्रायम्फजस्ता निर्माताहरुले समेत मिड साइज सेग्मेन्टमा प्रिमियम मोटरसाइकल ल्याउन थालेपछि रोयल इन्फिल्डले नयाँ वाइकको विकासलाई तिव्रता दिएको हो । ७५० सीसीको बबर मोटरसाइकल संगै कम्पनीले ३५०, ४५० र ६५० सीसी सेग्मेन्टमा थप नयाँ मोडल समेत ल्याउने तयारी गरिरहेको छ ।
रोयल इन्फिल्डको लोकप्रिय हिमालयन एड्भेन्चर बाइकको अपडेट मोडल लन्चिङ...
राेयल इन्फिल्डले आफ्नो लोकप्रिय बाइक नयाँ क्लासिक ६५० मोटरसाइकल लन्च...
काठमाडौं – क्रसफायरको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...