बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
रोयल इन्फिल्ड मेटियर भारतमा लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले यसको आधिकारिक घोषणा गरेको छ । रोयल इन्फिल्ड ६५९ ट्वीन पछि यो सबैभन्दा ठूलो लन्च हुनेछ । सो बाइक नयाँ प्लेटफर्ममा निर्माण भएको हो । यसको साथै यसमा नयाँ इन्जिन समावेश गरिएको छ ।
रोयल इन्फिल्डको मेटियर ३५० विश्वभर निर्यात गरिने छ । अनुमानित रिपोर्ट अनुसार सो बाइकले थन्डरवर्ड ३५० को स्थान लिनेछ । लिक भएको ब्रोसरका अनुसार कम्पनीले यसलाई ३ भेरिएन्टमा लन्च गर्नेछ ।
यसमा फायरबल, सुपरनोभा र स्टेलर रहेको छ । यसमा टियर ड्रप शेप्ड फ्युल ट्यांक, ब्राइट कलर अप्सनन्स, एलईडी डेटाइम रनिङ लाइट्, नयाँ अलोय ह्वील र स्प्लिट सिट समावेश गरेको छ ।
लिक रिपोर्टका अनुसार सो बाइकमा नयाँ ३५० सीसी इन्जिन समावेश गरिएको छ । जसले २०.२ बीएचपीको अधिकतम पावर र २७ एनएमको पिक टर्क जेनेरेट गर्छ ।
सो बाइकको लागि नयाँ इन्स्ट्रयुमेन्ट कन्सोल सेटअप र नयाँ स्प्लिट सिट डिजाइन गरिएको छ । यसको साथै यसको रियर फेन्डर, हेडलाइट र टेललाइटमा केही परिवर्तन गरिएको छ । यसको नयाँ इन्स्ट्रयुमेन्ट कन्सोलमा एसिमेट्रिक डिजाइन गरिएको छ ।
अनुमानित रिपोर्ट अनुसार मेटियर ३५० को मूल्य १ लाख ५ हजार देखि २ लाख भारु हुनेछ । सो बाइक लन्चिङ पछि बेनेली इम्पेरियल ४००, जावा ३०० र होन्डा हाइनेस सीबी३५० सँग प्रतिस्पर्धा हुनेछ ।
रोयल इन्फिल्ड मेटियर ३५० मा मेन युनिटको साथमा सेकेन्डरी टीएफटी कलर डिस्प्ले समावेश गर्नेछ र यो एनालग स्पिडोमिटर र एलईडी प्यानलको साथमा उपलब्ध हुनेछ । लिक भएको फोटो अनुसार नयाँ टीएफटी डिस्प्लेमा टर्न बाई टर्न नेभिगेसन फिचर उपलब्ध हुनेछ । यसको साथै ब्लुटुथको माध्यमबाट स्मार्टफोन बाइकमा कनेक्ट गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...