नोभेम्बर २७ देखि गोवामा रोयल इन्फिल्ड मोटोभर्स २०२६ आयोजना हुने
रोयल इन्फिल्डको बहुप्रतीक्षित मोटरसाइकल महोत्सव मोटोभर्स २०२६ आगामी...
रोयल इनफिल्डले अन्ततः भारतमा आफ्नो पहिलो इलेक्ट्रिक बाइक फ्लाइङ फ्ली सी६ लन्च गरेको छ । ब्याट्री–एज–ए–सर्भिस (बीएएएस) को विकल्प समेत दिइएको यस मोटरसाइकलको मूल्य ब्याट्री सहितका लागि २ लाख ७९ हजार र ब्याट्री वेगरको १ लाख ९९ हजार भारु निर्धारण गरिएको छ ।
सो नयाँ मोटरसाइकलमा रोयल इनफिल्डले गोलाकार हेडल्याम्प, टियरड्रप आकारको फक्स फ्युल ट्यांक र ब्लुटुथ कनेक्टिभिटी सहतिको ३.५ इन्चको गोलाकार टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल उपलब्ध गराएको छ । रेट्रो लुक दिइएको यस मोटरसाइकलमा सिंगल सिट जडान गरिएको छ भने विकल्पका रूपमा पिलियन सिट समेत पाउन सकिनेछ ।
फ्लाइङ फ्ली सी६ मा ३.९१ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, । ई–बाइकमा राखिएको पर्मानेन्ट सिंक्रोनस मोटरको अधिकतम आउटपुट २०.६५ बीएपची छ भने टर्क ६० एनएम रहेको छ । कम्पनीका अनुसार, यस बाइकले ३.७ सेकेन्डमै ०–६० किमी÷घण्टाको गति लिन सक्छ भने टप स्पिड ११५ किमी÷घण्टा रहेको छ ।
सिंगल चार्जमा १५४ किलोमिटर रेन्द दिने दाबी गरिएको यस मोटरसाइकलको ब्याट्रीलाई २ घण्टा १६ मिनेटमा फुल चार्ज गर्न सकिन्छ । त्यसैगरी २० देखी ८० प्रतिशतसम्मको चार्ज १ घण्टा ५ मिनेटमै गर्न सकिन्छ ।
सुरक्षाका लागि बाइकमा डुअल च्यानल एबीएस र दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । एड्जस्टेवल रिजेनेरिटिभ ब्रेकिङ समेत उपलब्ध यस मोटरसाइकलमा ५ भिन्न राइडिङ मोड दिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...