बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
रोयल इन्फिल्डले नयाँ पुस्ताको लागि बाइकको उत्पादन शुरु गरिसकेको छ । हालै कम्पनीले मेटियर ३५० बाइक लन्च गरेको थियो । नयाँ मेटियर ३५० नयाँ जे प्लेटफर्म, ड्युअल क्रेडल च्यासिसमा विकसित गरिएको हो ।
नयाँ प्लेटफर्ममा अन्य बाइक पनि विकसित गरिनेछ । नयाँ मेटियरमा ३४९ सीसी ओएचसी इन्जिन, बढी प्रिमियम बिट्स र इर्गोनोमिक्सको साथमा प्रस्तुत गरिनेछ । कम्पनीले चेन्नईस्थित रेट्रो मोटरसाइकल निर्माताको रुपमा हरेक ३ महिनामा नयाँ बाइक लन्च गर्नेछ ।
हाल कम्पनीको पोर्टफोलियोमा ३५० सीसी मोडलको क्लासिक, बुलेट र मेटियर समावेश रहेको छ । हालै कम्पनीको नयाँ बाइक परीक्षणको समयमा देखा परेको थियो । जसलाई इन्टरसेप्टर ३५० नाम दिने सम्भावना रहेको छ ।
यसको साथै यो वर्षको शुरुवातमा ब्रान्डले ट्रायम्फ स्ट्रिट ट्वीनसँग साझेदारीमा नयाँ रोडस्टरसँग मिल्दोजुल्दो बाइक परीक्षण गरेको देखिएको छ । लगभग १० महिनापछि फ्ल्यागसिप इन्टरसेप्टर ६५० विकसित गरिएको हो । सो बाइक भारतमा होन्डा हाइनेस सीबी३५० को प्रमुख प्रतिस्पर्धी हुनेछ ।
परीक्षण मोडलमा टेल ल्याम्प, टर्न इन्डिकेटर, बडी आदि इन्टरसेप्टर ६५० जस्तो हुने सम्भावना रहेको छ । बाइकमा टेलिस्कोपिक फ्रन्ट फोर्क्स, ड्युअल च्यानल एबीएस सिस्टम, डिस्क ब्रेक, इन्स्ट्रयुमेन्ट क्लस्टर र ट्राइपर नेभिगेशन समावेश गर्ने अनुमान गरिएको छ ।
पावर दिनको लागि नयाँ इन्टरसेप्टर ३५० मा सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन हुने सम्भावना रहेको छ । सो इन्जिनले २०.४ पीएसको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड गियरबक्स समावेश गर्नेछ । रोयल इन्फिल्ड इन्टरसेप्टर ३५० को मूल्य लगभग २ लाख १० हजार भारु हुने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...