२०२३ मा रोयल इनफिल्ड : मूल्यका कारण नेपालमा चर्चित वने यी ४ मोडल

काठमाडौं– वर्ष २०२३ टु–ह्विलर बजारका लागी खासै सुखद हुन सकेन । आर्थिक मन्दिका कारण समग्र टु–ह्विलरको बजार खस्किएपनि स्वदेशमै एसेम्वल शुरु गरेका कारण रोयल इनफिल्ड भने चर्चामा रहन सफल भयो ।

२०२३ को मध्यदेखी स्वदेशी प्लान्टबाट उत्पादन शुरु गरेको आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले शुरुवातमै क्लासिक ३५० र स्क्र्याम ४११ लाई निकै आकर्षक मूल्यमा लन्च गर्यो । पुरानो मूल्यमा १ लाख ४० हजार कम गरेर लन्च भएको क्लासिक ३५० मा ग्राहकले अत्याधिक रुची देखाए ।

मूल्य घटेर आएपछि क्लासिक ३५० लाई ग्राहकले अत्याधिक माग गरे भने कम्पनीलाई भनेकै समयमा डेलिभरी दिन हम्मेहम्मे नै पर्यो । यो मोटरसाइकललाई कम्पनीले शुरुवाती मूल्य ४ लाख ९९ हजार तोकेर बिक्री शुरु गरेको थियो । पछि कम्पनीले यसको क्रोम र डार्क एडिसनलाई नाडा अटो शोबाट लन्च गरेको थियो । जसको मूल्य क्रमशः ५ लाख २५ हजार र ५ लाख ३० हजार निर्धारण गरिएको छ ।

क्लासिक ३५० संगै लन्च भएको स्क्र्याम ४११ लाई पनि कम्पनीले एकदमै प्रतिस्पर्धी मूल्यमा लन्च गर्यो । भारतबाट तयारी अवस्थामा आउँदा १० लाख हाराहारी मूल्य पर्ने अनुमान गरिएको स्क्र्याम ४११ लाई नेपालमै एसेम्वल गरेर कम्पनीले जम्मा ६ लाख ६० हजारमै लन्च गरेपछि यसको मूल्यले निकै चर्चा बटुल्यो । मूल्यमा जुन प्रकारले चर्चा चलेपनि क्लासिक ३५० जस्तो यो मोडल भने खासै सफल हुन सकेन ।

भदौ महिनामा सम्पन्न नाडा आटो शो–२०२३ मा कम्पनीले फेरी अर्को नयाँ मोडल हन्टर ३५० लन्च गर्न सफल भयो । रोयल इन्फिल्डको प्रोडक्ट पोर्टफोलियोमा सबैभन्दा सस्तो मोडलका रुपमा आएको हन्टरलाई कम्पनीले जम्मा ४ लाख ५९ हजारमै लन्च गरेको थियो । यो मोटरसाइकल अहिले टु–ह्विलर प्रेमीमाझ सर्बाधिक लोकप्रिय वनिरहेको छ ।

वर्षको अन्त्यतिर कम्पनीले फेरी मिटिओर ३५० लाई स्वदेशी प्लान्टमै एसेम्वल गरेर लन्च गर्न सफल भयो । यो नयाँ मोटरसाइकलमा पनि कम्पनीले पुरानो मोडलको तुलनमा ३ लाख ५ हजारसम्म मूल्य कम गरेपछि अहिले चर्चामा छ ।

कुल तीन भेरिएन्टमा लन्च भएको यसको नयाँ मूल्य फायरवल भेरिएन्टको ५ लाख ५० हजार, स्टलरलाई ५ लाख ५५ हजार र सुपरनोभाको ५ लाख ६५ हजार निर्धारण गरिएको छ । यसअघि सो मोटरसाइकललाई मूल्य ८ लाख ७० हजार रुपपैयाँसम्ममा बिक्री गरिँदै आएको थियो ।

सम्बन्धित समाचारहरू

२०२२ मा लन्च हुने यी हुन् रोयल इन्फिल्ड, जावा र येज्दीका क्रुजर बाइक

२०२२ मा लन्च हुने यी हुन् रोयल इन्फिल्ड, जावा र येज्दीका क्रुजर बाइक

रोयल इन्फिल्डको हन्टरका साथै जावा र येज्दी ब्रान्डका केही नयाँ क्रुजर...

६ महिनामा बिक्री भयो १ लाख युनिट रोयल इन्फिल्ड हन्टर

६ महिनामा बिक्री भयो १ लाख युनिट रोयल इन्फिल्ड हन्टर

रोयल इन्फिल्ड हन्टर ३५० बाइक अत्याधिक लोकप्रिय बाइकमध्ये एक हो । कम्पनीले...

लन्च भयो रोयल इन्फिल्ड क्लासिक ३५० को अपडेटेड मोडल

लन्च भयो रोयल इन्फिल्ड क्लासिक ३५० को अपडेटेड मोडल

भारतमा २०२१ मोडलको रोयल इन्फिल्ड मोटरसाइकल क्लासिक ३५० लन्च भएको छ । यसको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...