नाइमा एक्सपोमा रोयल इन्फिल्डप्रति बाइकर्सको चासो

काठमाडौं – राजधानीको भृकुटीमण्डमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा रोयल इनफिल्डले ग्राहकको ध्यान केन्द्रित गरेको छ । ५० भन्दा बढी ब्रान्डहरू सहभागी भएको एक्सपोमा रोयल इनफिल्ड सबैको ध्यान आफूतिर तान्न सफल भएको हो ।

नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले एक्सपोमा कुनै नयाँ मोडल सार्वजनिक नगरे पनि ४ वटा पुरानै मोडल प्रदर्शनीमा राखेको छ । रोयल इनफिल्डले हन्टर ३५०, हिमालयन ४५० र क्लासिक ३५० का दुई भिन्न मोडल – डार्क एडिसन र टप भेरिएन्ट प्रदर्शनीमा राखेको हो ।

हन्टर ३५० युवा पुस्तालाई लक्षित गरी डिजाइन गरिएको बाइक हो । यसको मूल्य ४ लाख ७९ हजार ८ सय रुपैयाँ रहेको छ । रोयल इन्फिल्डको क्लासिक ३५० पुरानो मोडल हो । जुन अघिल्लो पुस्तादेखि नै लोकप्रिय मानिन्छ । क्लासिक ३५० को दुई मोडल, डार्क एडिसन र टप भेरिएन्टले पुरानो र नयाँ पुस्ता दुवैलाई एकसाथ जोड्ने काम गर्छ । यसको मूल्य ५ लाख ५५ हजार रहेको छ ।

रोयल इन्फिल्डको हिमालयन ४५० सबै प्रकारका भू–भागका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको छ । यसको शक्तिशाली इन्जिन र बलियो बनावटले नेपालको अप्ठ्यारो र दुर्गम बाटोहरूमा पनि सहज यात्राको अनुभव दिने कम्पनीको दाबी छ। जसको मूल्य ९ लाख ९९ हजार ८ सय रुपैयाँ रहेको छ ।

रोयल इन्फिल्ड मेटियर ३५० एक क्रुजर मोटरसाइकल हो जुन यसको आरामदायी सवारी अनुभव र क्लासिक डिजाइनका लागि प्रख्यात छ । यो बाइक विशेषगरी लामो यात्राका लागि उपयुक्त मानिन्छ। यसको मूल्य ५ लाख ५५ हजार रुपैयाँ रहेको छ।

रोयल इन्फिल्डको अद्वितीय आवाज, क्लासिक र बलियो डिजाइनले पनि धेरैलाई आकर्षित गर्छ । रोयल इन्फिल्डलाई यसको मजबुत बनावट र टिकाउपनका लागि चिनिन्छ । यी सबै कारणहरूको संयोजनले गर्दा नै रोयल इन्फिल्ड नेपालमा सबैको रोजाइको ब्रान्ड बन्न सफल भएको हो ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डको सबैभन्दा शक्तिशाली बाइक बुलेट ६५० सार्वजनिक, नोभेम्बरमा लन्च हुने सम्भावना

रोयल इन्फिल्डको सबैभन्दा शक्तिशाली बाइक बुलेट ६५० सार्वजनिक, नोभेम्बरमा लन्च हुने सम्भावना

रोयल इन्फिल्डले हालै सम्पन्न इक्मा अटो शो २०२५ मा बुलेट श्रृंखलाको...

नाइमाद्वारा मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सम्पन्न

नाइमाद्वारा मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला सम्पन्न

काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

रोयल इन्फिल्ड हन्टरसंग प्रतिस्पर्धा गर्न होन्डाले नयाँ मोटरसाइकल ल्याउँदै

रोयल इन्फिल्ड हन्टरसंग प्रतिस्पर्धा गर्न होन्डाले नयाँ मोटरसाइकल ल्याउँदै

रोयल इन्फिल्ड हन्टरसंग प्रतिस्पर्धा गर्न होन्डाले नयाँ मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...