रोयल इन्फिल्डको नयाँ हन्टर ३५० बाइकको भिडियो सार्वजनिक, अर्को वर्ष लन्च हुने

रोयल इन्फिल्डले सन् २०२२ मा नयाँ मोडल लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले चाँडै नै स्क्राम ४११ र हन्टर ३५० बाइक लन्च गर्न लागेको हो । स्क्राम ४११ फेब्रुअरी २०२२ मा भारतीय बजारमा लन्च गर्ने सम्भावना छ भने हन्टर ३५० बाइक चाहिं स्क्राम ४११ बाइक पछि लन्च गर्नेछ ।

कम्पनीले आफ्नो आगामी हन्टर ३५० को झलक भिडियो मार्फत सार्वजनिक गरेको छ । युट्युबमा उक्त भिडियो राखिएको छ । यस भिडियोमा १ मिनेट २३ सेकेन्ड देखि १ मिनेट ३१ सेकेन्डको बीचमा हन्टरको स्पष्ट क्लिप देख्न सकिन्छ ।

भिडियोमा बाइकको सिंगल सिट स्पष्ट देखिन्छ, जुन पहिले भारतीय सडकमा देखिएका हन्टर ३५० प्रोटोटाइपसँग मिल्दोजुल्दो देखिन्छ । नयाँ बाइकको रियर सबफ्रेम २०१९ मा लन्च गरिएको कम्पनीको लोकप्रिय मेटियोर ३५० बाइकबाट लिइएको देखिन्छ । सो बाइकको लागि मेटियर ३५० को इन्जिन प्लेटफर्म प्रयोग गरिने छ । तर यसलाई कम्पनीको पोर्टफोलियोमा सबैभन्दा सस्तो बाइकको रूपमा राखिनेछ ।

हन्टर ३५० मा मेटियर ३५० मा जस्तै इन्जिन र प्लेटफर्म प्रयोग हुनेछ । बाइक ३४९ सीसी इन्जिनद्वारा संचालित हुनेछ जसले अधिकतम पावर २२ बीएच र २७ एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसन विकल्पको रुपमा बाइकमा ५ स्पिड युनिट समावेश हुन सक्छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड स्क्र्याम्वलर ६५० उत्पादनको अन्तिम चरणमा

रोयल इन्फिल्ड स्क्र्याम्वलर ६५० उत्पादनको अन्तिम चरणमा

रोयल इन्फिल्डले निकट भविष्यमा लन्च गर्ने तयारी थालेको नयाँ मोडल उत्पादनको...

बजेट लगत्तै मोटरसाइकलको मूल्य वृद्धि, के व्यवसायीले पुरानो स्टकको पनि मूल्य बढाएका हुन् त ?

बजेट लगत्तै मोटरसाइकलको मूल्य वृद्धि, के व्यवसायीले पुरानो स्टकको पनि मूल्य बढाएका हुन् त ?

आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका...

हन्टर ३५० को खरिदमा १५ हजारको एसेसरिज निःशुल्क

हन्टर ३५० को खरिदमा १५ हजारको एसेसरिज निःशुल्क

काठमाडौं– रोयल इन्फिल्डको सस्तो मोटरसाइकल हन्टर ३५० खरिद गर्दा १५ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...