रोयल इनफिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च, रेन्ज र मूल्य कति ?
रोयल इनफिल्डले अन्ततः भारतमा आफ्नो पहिलो इलेक्ट्रिक बाइक फ्लाइङ फ्ली सी६...
रोयल इन्फिल्डले सन् २०२२ मा नयाँ मोडल लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले चाँडै नै स्क्राम ४११ र हन्टर ३५० बाइक लन्च गर्न लागेको हो । स्क्राम ४११ फेब्रुअरी २०२२ मा भारतीय बजारमा लन्च गर्ने सम्भावना छ भने हन्टर ३५० बाइक चाहिं स्क्राम ४११ बाइक पछि लन्च गर्नेछ ।
कम्पनीले आफ्नो आगामी हन्टर ३५० को झलक भिडियो मार्फत सार्वजनिक गरेको छ । युट्युबमा उक्त भिडियो राखिएको छ । यस भिडियोमा १ मिनेट २३ सेकेन्ड देखि १ मिनेट ३१ सेकेन्डको बीचमा हन्टरको स्पष्ट क्लिप देख्न सकिन्छ ।
भिडियोमा बाइकको सिंगल सिट स्पष्ट देखिन्छ, जुन पहिले भारतीय सडकमा देखिएका हन्टर ३५० प्रोटोटाइपसँग मिल्दोजुल्दो देखिन्छ । नयाँ बाइकको रियर सबफ्रेम २०१९ मा लन्च गरिएको कम्पनीको लोकप्रिय मेटियोर ३५० बाइकबाट लिइएको देखिन्छ । सो बाइकको लागि मेटियर ३५० को इन्जिन प्लेटफर्म प्रयोग गरिने छ । तर यसलाई कम्पनीको पोर्टफोलियोमा सबैभन्दा सस्तो बाइकको रूपमा राखिनेछ ।
हन्टर ३५० मा मेटियर ३५० मा जस्तै इन्जिन र प्लेटफर्म प्रयोग हुनेछ । बाइक ३४९ सीसी इन्जिनद्वारा संचालित हुनेछ जसले अधिकतम पावर २२ बीएच र २७ एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसन विकल्पको रुपमा बाइकमा ५ स्पिड युनिट समावेश हुन सक्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...