रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्ली सी६’ आउँदै
इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीको माग तीव्र रूपमा बढ्दै गइरहेको छ। यही...
रोयल इनफिल्डले आफ्नो सबैभन्दा सस्तो मोटरसाइकल हन्टर ३५० को २०२५ संस्करण सार्बजनिक गरेको छ । प्रमुख परिवर्तनका रूपमा बाइकमा नयाँ रियर सस्पेन्सन राखिएको छ । ६ वटा अकर्षक कलरमा उपलब्ध यस बाइकको मूल्य १ लाख ५० हजार भारु निर्धारण गरिएको छ ।
हन्टर ३५० को सो नयाँ संस्करणमा प्रोग्रेसिभ स्प्रिङयुक्त सस्पेन्सन सेट दिइएको छ । जसले, अझ आरामदायी यात्रा प्रदान गरेर समग्र सवारी अनुभवमा सुधार गर्ने अपेक्षा गरिएको छ ।
रिभाइज्ड एक्सजस्ट राखिएको यस मोटरसाकलको ग्राउन्ड क्लियरेन्स १० मिमीले बढाईएको छ । साथै यसमा उच्च डेन्सिटी फोमको साथ पुनः डिजाइन गरिएको सिट दिइएको छ । बाइकमा एलईडी हेडल्याम्प, ट्रिपर नेभिगेसनको साथ डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र यूएसबी टाइप–सी चार्जर पनि उपलब्ध गराइएको छ ।
हन्टर ३५० मा ३४९ सीसी, एयर–कूल्ड सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले २० बीएचपी र २७ एनएम उत्पादन गर्दछ । इन्जिनलाई ५–स्पीड गियरबक्ससँग जोडिएको छ भने सबै भेरिएन्टमा स्लिप–एन्ड–असिस्ट क्लच अनिबार्य गरिएको छ ।
इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीको माग तीव्र रूपमा बढ्दै गइरहेको छ। यही...
काठमाडौं– मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउने राइडरहरुको समुह आगामी...
काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलहरूमा लार्जेस्ट एक्सचेन्ज एण्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...