रोयल इनफिल्ड क्लासिक ३५० मा अव असिस्ट एण्ड स्लिपर क्लच र यूएसबी चार्जिङ पोर्ट पनि
काठमाडौं–रोयल इनफिल्डले आफ्नो लोकप्रिय मोडल ‘क्लासिक ३५०’ लाई अपग्रेड...
काठमाडौं–आर्थिक वर्ष २०२६÷२७ को पहिलो त्रैमासिकमा रोयल इनफिल्डले नयाँ सफलता हासिल गरेको छ । अप्रिलदेखि जुन २०२६ को अवधिमा कम्पनीले ३ लाख १ हजार १७४ युनिट मोटरसाइकल बिक्री गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले बढी हो । रोयल इनफिल्डको इतिहासमा एकै त्रैमासिकमा ३ लाख युनिटको माइलस्टोन पार भएको यो दोस्रो पटक मात्र हो ।
यस अवधिमा बिक्री भएका मोटरसाइकलमध्ये ३५० सीसी सिरिजका मोडलको वर्चस्व कायमै देखिएको छ । क्लासिक, बुलेट, हन्टर र मेटियोर ३५० का मात्रै २ लाख ८० हजार १३६ युनिट बिक्री भएका छन् । त्यसैगरी, गुरिल्ला ४५० र हिमालयन ४५० का ९ हजार ८८३ युनिट तथा ६५० सीसी सिरिजका ११ हजार १५५ युनिट मोटरसाइकल बिक्री भएका छन् ।
कम्पनीले ३५० सीसी सेगमेन्टमा ८५ प्रतिशत, ३५० देखि ५०० सीसी सेगमेन्टमा ५९ प्रतिशत र ५०० देखि ८०० सीसी श्रेणीमा ९७ प्रतिशत बजार हिस्सा ओगटेर आफ्नो वर्चस्व कायम राखेको छ । नयाँ मोडलहरूको सफलता र सबल ब्रान्ड भ्यालुका कारण आगामी दिनहरूमा पनि बिक्रीमा निरन्तर वृद्धि हुने अपेक्षा गरिएको छ ।
भारतीय बजारमा जस्तै नेपाली बजारमा पनि रोयल इनफिल्डका मोटरसाइकल निकै लोकप्रिय बनिरहेका छन् । नेपाली बजारमा समेत यसको ३५० सीसी सेग्मेन्टले एकछत्र बजार पाइरहेको छ । रोयल इनफिल्डले पछिल्लो समय स्वदेशी प्लान्टबाटै मोटरसाइकल एसेम्वलिङ गर्दै आइरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...