नोभेम्बर ८ मा सार्वजनिक हुँदै रोयल इन्फिल्ड सुपर मेटियर ६५०, टिजर सार्वजनिक
रोयल इन्फिल्ड सुपर मेटियर ६५० बाइकको टिजर सार्वजनिक भएको छ । सो बाइक आगामी...
काठमाडौं – विश्वको पुरानो मोटरसाइकल कम्पनी रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले गुफीको नामबाट परिचित प्रसिद्ध राइडर प्रमोद श्रेष्ठलाई सम्मान गरेको छ । कम्पनीका कार्यकारी निर्देशक हर्ष संघाइद्वारा गुफीलाई सम्मान गरिएको हो ।
प्रमोद श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र सबैभन्दा खारिएका राइडर हुन् । उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने गुफीले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र भारतको सफल यात्रा गरिसकेका छन् । उनले सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयावधिमा रोयल इन्फिल्ड ३५० सीसीबाट पूर्व–पश्चिम राजमार्ग चलाएर यात्रा गरी कीर्तिमान समेत कायम गरेका छन् ।
विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेका प्रमोद श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण ‘८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा अर्थात Teach 8848 Girls Against Child Marriage अभियानलाई सफल बनाउनका लागि अल्फा अटोमोटिभ प्रालिले त्रिवेणी ग्रुपको कार्यलयमा एक कार्यक्रम आयोजना गरेर ५ लाख रुपैयाँको चेक हस्तानतरण गरेको छ । साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डा समेत सगरमाथाको शिखरमा पुर्याउनका लागि झन्डा समेत हर्ष संघाइबाट हस्तान्तरण भएको छ ।
त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभ हालै नेपालभर आधिकारिक बिक्रेताको अनुमति पाएको हो । कम्पनीले आफ्नो बिक्री, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ ।
रोयल इन्फिल्ड सुपर मेटियर ६५० बाइकको टिजर सार्वजनिक भएको छ । सो बाइक आगामी...
काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...
काठमाडौं – क्रसफायरको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...